2026-09-13 08:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पामा नगरभित्रकै विद्यालयमा शौचालय अभाव, झाडी र खोला किनारमा शौच गर्न बाध्य

सुशीला रेग्मी | कात्तिक २८, बेझाड | पाल्पाको कालिका प्राथमिक विद्यालय रामपुर नगरपालिका–२ का शिक्षक शौचालयभन्दा बाहिर शौच गर्नहुँदैन भनेर कक्षाकोठाभित्र सैद्धान्तिक शिक्षा दिने गर्छन् । 

उनीहरु नै कक्षाकोठाबाट बाहिर निस्कने बित्तिकै शौच गर्न झाडी र खोला किनारमा पुग्छन् । विद्यालय छ, तर यहाँ शौचालय छैनभन्दा अचम्म लाग्न सक्छ । त्यो पनि रामपुर नगरपालिकाभित्रको विद्यालय । 

यहाँका शिक्षक, विद्यार्थी विद्यालय आएपछि झाडी र खोला किनारमा शौच गर्न बानी परिसकेका छन् । शिक्षक आफैँले कक्षा कोठाभित्र खुल्ला ठाउँ, झाडी, खोला किनारमा दिसापिसाब गर्नुहुँदैन भनेर पढाउने गर्छन्, उनीहरु बाहिर निस्किएपछि विद्यार्थीलाई नै शौच गर्न झाडी, खोला किनारतिर पठाउने गर्छन् । 

विद्यालयको आर्थिक अवस्था नाजुक हुँदा शौचालय बनाउन नसकिएको प्रधानाध्यापक बाबुराम घिमिरे बताउनुहुन्छ । “कक्षाकोठाभित्र शौचालयभन्दा बाहिर शौच गर्नुहँुदैन भन्यो, बाहिर निस्किएपछि विद्यार्थीले सर शौचालय कता छ भन्दा ऊ उता झाडी, खोला किनारमा जाऊ भन्न बाध्य छौँ”, उहाँले भन्नुभयो । 

“शौचालयका लागि नगरपालिकाको शिक्षा शाखामा जानकारी गराइएको छ, केही सहयोग रकम जुट्यो भने शौचालय बनाउने सोचमा छौँ”, घिमिरे बताउनुहुन्छ । 

झाडी र खोलाकिनारतिर शौच गर्न बाध्य भएको विद्यार्थी सुमन थापाले बताउनुभयो । “घरमा शौचालय छ, तर विद्यालयमा शौचालय छैन, शिक्षकले पढाउँदा शौचालयमै शौच गर्नुपर्छ भन्नुहुन्छ, शिक्षक आफैँ झाडी, खोला किनारमा जानुहुन्छ” थापाले भन्नुभयो । विद्यालयमा शौचालय नहँुदा छात्रा र महिला शिक्षकलाई शौच गर्न कठिन परेको शिक्षिका उमा राना बताउनुहुन्छ । 

नगर शिक्षा अधिकृत रमाकान्त अर्यालका अनुसार नगरपालिकाभित्र सञ्चालित विद्यालयमा शौचालय नहुनु लाजमर्दो कुरा हो, यस विषयमा शिक्षा शाखामा पनि कुरा आइसकेकाले शौचालय निर्माणका निम्ति पहल गरिनेछ । 

भर्खरै मात्र अस्थायी टहरा सम्पन्न भई कक्षा सञ्चालन भएकाले शौचालय निर्माणको प्रक्रिया अगाडि बढ्न सकेको छैन । आर्थिक अभावमा समयमा नै शौचालय बनाउन नसकिएको विद्यालयले स्वीकार्दै अस्थायीरूपमा भए पनि अब छिट्टै नै शौचालय बनाउने सोच राखेको छ । पुरानो ठाउँबाट नयाँ ठाउँमा विद्यालय स्थानान्तरण गरेपछि शौचालयको समस्या देखिएको हो । विद्यार्थी सङ्ख्या न्यून भएकाले पुरानो ठाउँबाट नयाँ ठाउँमा विद्यालय स्थानान्तरण भई यसै शैक्षिक सत्रदेखि टहरामा पठनपाठन हुँदै आएको छ । 

यस विद्यालयमा ४५ विद्यार्थी अध्ययनरत् छन् । यहाँ कक्षा नर्सरीदेखि ५ कक्षासम्म पठनपाठन हुँदै आइरहेको छ । गाउँमा सञ्चालित विद्यालय भएका कारण पनि सरोकारवाला निकायको भौतिक पूर्वाधारमा त्यति ध्यान जानसकेको छैन । 

विद्यालयमा शौचालय नहुनु लाजमर्दो कुरा हो । कालिका प्राथमिक विद्यालय एक उदाहरण मात्र हो । यस्ता खालका धेरै विद्यालय छन् । शौचालय समस्याकै कारण विद्यार्थी सङ्ख्या घट्ने अवस्था नआउला भन्न सकिँदैन । अस्थायी शौचालय भए पनि निर्माण गर्नतर्फ विद्यालयले ध्यान दिनु आवश्यक छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले