2026-09-14 12:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

मदिराका कारण घरेलु हिंसा बढ्दो

नरेन्द्रसिंह कार्की | कात्तिक ३०, दार्चुला | नौगाड गाउँपालिका–४ का ४५ वर्षीया कलावती टमटा श्रीमान देवेन्द्र टमटाको यातना सहन नसकी न्याय पाग्दै जिल्ला प्रहरी कार्यालयको महिला सेलमा पुग्नुभयो । दिनहुँ घरमा मदिरा सेवन गरी कुटपिट र गालीगलौच गर्न थालेपछि उहाँ न्याय माग्दै जिल्ला प्रहरी कार्यालय पुग्नुभएको हो । ‘‘एक दिन दुई दिन हैन, दिनहुँ मदिरामा लट्ठिएर गालीगलौज गर्ने, कुटपिट गर्ने, आफूले कमाएको रकमसमेत मागेर मदिरा सेवन गरी आउन थालेपछि यहाँ न्याय माग्न पुगेको हुँ’’ उहाँले भन्नुभयो । 

नौगाड गाउँपालिकाबाट हाल सदरमुकाम खलङ्गामा मजदुरी गर्दै बसेका दुवै जनाबीच मदिराका कारण झैझगडा हुन थालेपछि न्याय माग्न आएको उहाँले बताउनुभयो । घरमा तीन छोरा र दुई छोरी छन् । ‘‘छोराछोरी कसरी पढाउने चिन्ता छैन मदिराले घरबार उजाड बनायो’’ उहाँको भनाइ थियो ।

यो त उदाहरण मात्रै हो, दार्चुलामा पछिल्लो समय मदिराका कारण कैयौँको घरबार बिग्रिएको छ भने मदिराले घरेलु हिंसा, महिला हिंसा तथा ज्यानै गएका छन् । मानव अधिकारको क्षेत्रमा क्रियाशील अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लामा एक वर्षको अवधिमा ३२ वटा घरेलु हिंसाका घटना घटेका छन् । अधिकांश घटना मदिराका कारण भएको इन्सेक जिल्ला प्रतिनिधि नरेन्द्रसिह कार्कीले बताउनुभयो । 

इन्सेकले जनवरी २०१८ देखि हालसम्म जिल्लामा सङ्कलन गरेको घटनाको वार्षिक पूर्व समीक्षा गोष्ठी गर्दै जिल्लामा घरेलु हिंसा बढ्दो क्रममा रहेको जनाएको हो । घरेलु हिंसाको कारक भनेकै मदिरा भएको इन्सकेको ठम्याइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने