२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मोरङको क्षेत्र नम्बर १ मा चार करोडका १९ वटा योजना छनोट

१ मंसिर २०७५, शनिबार ०६:०६

मङ्सिर १, मोरङ  | सङ्घीय सांसद क्षेत्र विकास कोषअन्तर्गत मोरङ क्षेत्र नम्बर १ मा १९ वटा योजना छनोट गरिएको छ । 

क्षेत्र विकास कोष सञ्चालन निर्देशिका अनुसार सडक, नदी नियन्त्रण एवं भौतिक पूर्वाधारका योजना छनोट गरिएको जिल्ला समन्वय समिति मोरङले जनाएको छ । छनोटमा परेका योजनामा केराबारी गाउँपालिकामा केराबारी– सिन्दूरे समला पार्टी गाउँ सडक स्तरोन्नतिका लागि रु ५० लाख, फाइवा– फुर्केटार सडक निर्माणका लागि रु १४ लाख, लोहन्द्रा नदी तटबन्धका लागि रु १५ लाख, साँघुटार खोला कल्भर्ट निर्माणका लागि रु ११ लाख, खदम क्याम्पसको भौतिक निर्माणका लागि रु १० लाख विनियोजन गरिएको छ । 

यसैगरी लेटाङ नगरपालिकामा बुद्ध मार्ग घिमिरे टोलदेखि धराने चोकसम्मको सडक कालोपत्रका लागि रु ५० लाख, तछुवा खानेपानी योजनाका लागि रु २५ लाख, लेटाङ बहुमुखी क्याम्पसको भौतिक निर्माणका लागि रु १५ लाख र चिसाङ गङ्गाघाट मलामी विश्राम निर्माणका लागि रु १० लाख विनियोजन गरिएको छ । 

मिक्लाजुङ गाउँपालिकामा मधुमल्ला बजार पुछारबाट बयरडाँगी सडक स्तरोन्नतिका लागि रु ५० लाख, बेलटारबाट कोलुङ झरना जाने सडक स्तरोन्नतिका लागि रु १० लाख, सङ्गम चोक–तोरीबारी सडक कालोपत्रका लागि रु १५ लाख, सैनिक क्याम्प हात्तीमारा–चौतारा सडक स्तरोन्नतिका लागि रु १५ लाख र नाइटेपानी सामुदायिक वन छेउ ड्रेन निर्माणसहित सडक स्तरोन्नतिका लागि रु १० लाख विनियोजन गरिएको छ । 

यसैगरी उर्लाबारी नगरपालिकामा उर्लाबारी– ८ र ९ दुर्गापुरी बजार पूर्व वडा कार्यालयसम्म र पश्चिमतर्फ रातेहोली कल्भर्टसम्म कालोपत्रे गर्न रु ५० लाख, बेतिनी सिमसार भौतिक पूर्वाधार निर्माणका लागि रु १५ लाख, उर्लाबारी बहुमुखी क्याम्पस भौतिक निर्माणका लागि रु १० लाख, उर्लाबारी–४ शान्तिमार्ग साझेदारी सडक कालोपत्रका लागि रु १५ लाख र उर्लाबारी–४ छाताचोक पश्चिम साझेदारी ड्रेन निर्माणका लागि रु १० लाख विनियोजन गरिएको सांसद घनश्याम खतिवडाले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने