२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

विस्फोट पर्दाथ र करेन्ट प्रयोग गरी माछा मारिँदै

२०७५, १ मंसिर शनिबार ०६:४९

मङ्सिर १, डोटी | यहाँस्थित सेती नदीलगायत अन्य ग्रामीण भेगमा रहेका नदी र खोलामा केही समययता विस्फोटक पदार्थ (लोला,जिलेटिन) र करेन्टको प्रयोग गरी माछा मार्ने क्रम तीव्र बनेको छ । 

सेती नदी तथा स्थानीय खोलामा विस्फोटक पदार्थ तथा करेन्ट प्रयोग गरी माछाका प्रजाति नै सखाप पार्ने काम भइरहेको स्थानीयवासीले बताएका छन् । धेरै जसो खोलामा सोलार ब्याट्री र तारको जोहो गरी माछा मार्ने गरिएको तथा नदीमा विस्फोटक पदार्थको प्रयोग गरी माछा मार्ने काम भइरहेको नारीदाङका स्थानीयवासी करवीर साउदले बताउनुभयो । 

स्थानीयवासीका अनुसार विस्फोटक पर्दाथ प्रयोग गरी माछा मार्नेमा यहाँका स्थानीयवासीसँगै सडक तथा अन्य संरचना निर्माणमा संलग्न मजदूर, प्रहरी र निर्माण व्यवसायी रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जिल्लाका नदी तथा खोलामा विस्फोटक पदार्थ प्रयोग गरी तथा करेन्ट लगाएर माछा मार्ने काममा कडाइ गरिएको जानकारी दिनुभयो । 

कसैले खोला तथा नदीमा गैरकानूनी रुपमा माछा मार्ने गरेको पाइए नजिकको प्रहरीलाई खबर गर्न उहाँले आग्रह गर्नुभएको छ । यसरी माछा मार्ने क्रम तीव्र बनेपछि अहिले जिल्लाका खोला र नदीमा माछाका भुरा मात्र नभइ अन्य जीवजन्तुसमेत प्रर्याप्त मात्रामा देखिन छाडेका स्थानीयवासी बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित