Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

घोराहीका नागरिकले घरदैलोमै यस्तो सेवा पाएपछि…

२०७५, १ मंसिर शनिबार ०८:१६

मङ्सिर १, तुलसीपुर | दाङको दुर्गम वडा घोराही उपमहानगरपालिका–१९ सैघाका स्थानीयवासी दैलोमै पहिलोपटक सबै सेवा पाउँदा खुशी भएका छन् । 

जिल्ला प्रशासन कार्यालय दाङले घोराही उपमहानगरपालिकाको समन्वयमा एकीकृत घुम्ती शिविरको शुक्रबार आयोजना गरेको थियो । सुगमभित्रको आफैँमा दुर्गम भएकाले विकासको सामान्य पूर्वाधारबाट समेत यो क्षेत्र वञ्चित भएको छ । शिक्षा, स्वास्थ्य, विद्युत्, सडक, खानेपानीको राम्रो व्यवस्था छैन । उच्च शिक्षाको लागि घोराही बजार जानुपर्ने बाध्यता छ भने उज्यालोको लागि अझै पनि टुक्की बाल्न यहाँका नागरिक बाध्य छन् । 

शिविरमा नागरिकता वितरण, स्वास्थ्य परीक्षण, पशु स्वास्थ्य जाँच, कृषकलाई परामर्श, निःशुल्क औषधि वितरण, मोवाइलको सिमकार्ड वितरणलगायतका सेवा प्रवाहसँगै स्थानीय खुशी भएका थिए । शिविरमा २७ जनालाई नागरिकता, १४० जनालाई नागरिकताको लागि सिफारिश, १०५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । 

त्यस्तै २२ जनालाई टेलिकमको सिम वितरण, ५५ परिवारले पशु सेवा, ६५ जनाले आँखासम्बन्धी समस्याको जाँच, ६२ जनालाई फोटो सेवा लिएको १९ नम्बरका वडाध्यक्ष हर्क घर्तीमगर जानकारी दिनुभएको छ । त्यस्तै शिविरमा किसानका कृषिसम्बन्धी सेवासमेत कृषिविज्ञले दिएका थिए । 

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले जनतालाई घरदैलोमै सेवा प्रवाह गर्ने उद्देश्यका साथ शिविरको आयोजना गरिएको बताउँदै विविध कारणले सेवा लिनबाट वञ्चित नागरिकलाई सेवा दिनु सरकारको प्रमुख दायित्व भएको बताउनुभयो । 

त्यस्तै विकट वस्तीका नागरिकलाई घरदैलोमै एकीकृत रुपमा सेवा प्रवाहका लागि शिविर चलाएको दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ