2026-09-15 01:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

दमौली अस्पतालको स्तरोन्नति आवश्यक

मङ्सिर १, दमौली | तनहुँको सदरमुकामस्थित दमौली अस्पतालको स्तरोन्नतिमा जोड दिइएको छ । अस्पताल व्यवस्थापन समितिले आज दमौलीमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै अस्पतालको स्तरोन्नति हुनुपर्नेमा जनप्रतिनिधि एवं सरोकारवालाको जोड रहेको छ । 

हाल १५ श्ययामा सञ्चालित अस्पताललाई ५० श्ययाको रुपमा विकास गर्नुपर्ने उहाँहरुको भनाइ छ । अस्पतालको स्तरोन्नतिका लागि जग्गाको व्यवस्थापन कठिन विषय रहेकोले जग्गाको व्यवस्थापनका निम्ति सबै एकमत भएर लाग्नुपर्ने उहाँहरुले बताउनुभयो । 

तनहुँ निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य केदार सिग्देलले जग्गाको व्यवस्था भए अस्पतालको स्तरोन्नतिमा समस्या नरहेकाले जग्गाको व्यवस्थापनका लागि सबै एकमत भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले दमौली अस्पतालसँगै रहेको कृषि ज्ञान केन्द्र, भेटेरीनरी अस्पताल एवं पशु सेवा विज्ञ केन्द्रको खाली जग्गा र प्रहरी उपरीक्षक निवासको जग्गालाई अस्पतालको स्तरोन्नतिका लागि प्रयोग गर्नुपर्ने सुझाव दिनुभयो । 

तनहुँ निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले लामो समयदेखि अस्पतालको स्तरोन्नतिका विषयमा कुरा चल्दै आएपनि ठोस काम हुन नसकेको भन्दै अब यसलाई निष्कर्षमा पुर्याउन आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले अस्पतालको लागि आवश्यक जग्गाको व्यवस्थापनका लागि जनप्रतिनिधि, राजनीतिक दल एवं सबै सरोकारवाला एक ढिक्का भएर लाग्नुपर्ने बताउनुभयो । 

गण्डकी प्रदेशसभा सदस्य डोवाटे विक र सरिता गुरुङले अस्पतालको स्तरोन्नतिका लागि आफूहरुले आफ्नो ठाउँबाट पहल गर्ने बताउनुभयो । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानले कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पतालको जग्गा दमौली अस्पताललाई दिनुपर्ने बताउनुभयो । 

पन्ध्र श्ययाको अस्पताललाई ५० श्ययाको बनाउन ३५ रोपनी जग्गा आवश्यक पर्ने देखिएको छ । हाल दमौली अस्पताल १६ रोपनी क्षेत्रफलमा फैलिएको छ । तनहुँको साथै कास्कीको पूर्व र लमजुङको पश्चिम क्षेत्रका सर्वसाधारणलाई सेवा प्रवाह गर्दै आइरहेको अस्पताललाई थप सुविधा सम्पन्न बनाउन स्तरोन्नति आवश्यक रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “अस्पतालको स्तरोन्नतिका लागि थप ३५ रोपनी जग्गा आवश्यक छ । यसको लागि यहाँका सबै सरोकारवालाको साथ र सहयोग आवश्यक पर्दछ ।” दैनिक एक सय भन्दा बढी बिरामी स्वास्थ्य उपचारका लागि आउने दमौली अस्पताललाई ट्रमा सेन्टरको रुपमा समेत विकास गर्ने लक्ष्य लिइएको उहाँले बताउनुभयो । ‘‘पृथ्वीराजमार्ग तनहुँ जिल्लाभित्र पर्दछ, यहाँ दैनिकजसो दुर्घटना हुने गरेका छन्,’’ उहाँले भन्नुभयो, “त्यसका लागि अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गर्ने लक्ष्य लिइएको छ ।” 

हाल दमौली अस्पतालमा सरकारी दरबन्दीमा तीन डाक्टरमध्ये एक जना मेडिकल सुपरिटेण्डेट र करारमा समेत गरी आठ डाक्टरले सर्वसाधारणलाई सेवा प्रवाह गरिरहेका छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेट डा सुनिल पौडेलले अस्पतालको स्तरोन्नति गर्न सकिए सरकारी फिजिसियन, सर्जन, बालरोग, प्रसूतिरोगका विशेषज्ञ डाक्टरको दरबन्दी थप हुने जानकारी दिनुभयो । साथै १० जना स्टाफ नर्सको दरबन्दी समेत थपिन्छ । 

दमौली अस्पतालमा सरकारीतर्फका १८ र अस्पताल व्यवस्थापन समितिबाट १८ करारमा कर्मचारी कार्यरत छन् । १५ श्ययाको अस्पताल भए पनि समितिले ३७ वटा श्ययामा सर्वसाधारणलाई सेवा प्रवाह गरिरहेको छ । डा पौडेलका अनुसार डायलोसिस केन्द्रमा आठ, आकास्मिक कक्षमा छ जना, बिरामी भर्ना गर्न १६ र प्रसूतिमा सात श्यया रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ