२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अपराध नियन्त्रण गर्न कुनै कसर बाँकी नराख्ने डिएसपी खनालको उद्घोष

२ मंसिर २०७५, आईतवार ०८:१६

राम नारायण पंडित | मङ्सिर २, सिरहा | अपराधिक क्रियाकलाप नियन्त्रण गर्न कुनै कसर बाँकी नराख्ने ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) सुकदेव खनालले बताएका गरेका छन् । 

केहि दिनअघि मात्र कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेर आएका डिएसपी खनालले शनिवार कार्यालय परिसरमा अयोजना गरेको परिचयात्मक कार्यक्रममा जनतालाई शान्ति, सुरक्षाको अनुभुति हुने गरी काम गर्ने प्रतिवद्धता जनाएका छन् । गुण्डागर्दी, तस्करी, वेश्याबृति, समाजिक बिकृति, लागुऔषधको कारोवार, लुटपाट लगायतका गतिबिधिहरुलाई नियन्त्रण गर्ने उनले दाबी गरेका छन् ।  


उनले भने “यस ईलाकाको जिम्मेवारी दिएर मलाई पठाएको छ, कानुनको अधिनमा रही म काम गर्छु, तपाईहरुलाई यसमा सहयोग गर्नुपर्छ ।” अगाडी उनले थपे “यहाँ चार महिनामा चारजना कार्यालय प्रमुख फेरिएछ, यो राम्रो संकेत होईन, यसमा तपाई स्थानिय जनप्रनिधि, राजनितिकर्मीहरुलाई पनि आ–आफ्नो स्थानबाट सोच्नु पर्ने अवस्था आएको छ ।” अपराध गने जो कोहिलाई कानुनको दायरामा ल्याएर कार्वाही गर्ने बताउँदै डिएसपी खनालले अपराधिलाई छुटाउनका लागि प्रयास नगर्न सवैलाई आग्रह गरे । नागरिकहरुको हातेमालोले मात्रै अपराध मुक्त समाज निमार्ण हुने भएकाले अपाराधिको वकालत नगर्न आग्रह गर्दै उनले जनताको सुरक्षाको सवालमा आफु पछाडी नपर्ने स्पष्ट गरे । 

डिएसपी खनालले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमको माध्यमले  समाजमा हुने अपराध रोकथाम, सामाजिक विकृति विसंगति विरुद्ध जनचेतना फैलाउनुको साथै सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्ने बताए । समाजमा हुने अपराध नियन्त्रण प्रहरीको एकल प्रयासबाट मात्रै सम्भव नभएकाले स्थानिय नागरिकहरुलाई सहयोगको आवश्यक्ता रहेको उनले औल्याएँ । 

कार्यक्रममा डिएसपी खनालको साथै सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाका सशस्त्र प्रहरीका डिएसपी गहेन्द्र बहादुर भण्डारी, मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादब, उपमेयर जिबछीदेवि साह, बिभिन्न बडाका बडाअध्यक्षहरु, राजनितिकर्मी, ब्यापारी, स्थानियवासी, संचारकर्मी लगायतका उपस्थित रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान