२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रकाशको स्मृतिमा शोकसभा

२०७५, ३ मंसिर सोमबार १०:०५

मङ्सिर ३, काठमाडौँ | तत्कालीन नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहालको प्रथम वार्षिक स्मृतिका अवसरमा आज उहाँको निवास खुमलटारमा स्मृतिसभा आयोजना गरिएको छ । 


नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष दाहाललगायत नेता र परिवार तथा शुभेच्छुकले दिवगङ्त प्रकाशप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभयो । कार्यक्रममा प्रकाशको स्मृतिमा प्रज्ञा स्मृति प्रतिष्ठानद्वारा प्रकाशित स्मारिका ‘प्रकाश दाहाल’ को उपराष्ट्रपति नन्दबहादुर पुन र अध्यक्षद्वयले लोकार्पण गर्नुभयो । 

कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रकाश मिलनसार र व्यावहारिक युवा भएको बताउँदै उहाँलाई महत्वपूर्ण व्यक्तिको सचिवालयको जिम्मेवारी लिएर त्यसलाई कुशलतापूर्वक व्यवस्थापन गर्न सक्ने युवा व्यक्तिका रुपमा स्मरण गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो,“ नेतासमक्ष विभिन्न मानिसका विभिन्न माग, आक्रोश सुनेर स्वकीय सचिवले त्यसको निरुपण पनि गरिदिनुपर्ने हुन्छ त्यस जिम्मेवारीलाई प्रकाशले कुशलतापूर्वक व्यवस्थापन गरेका थिए ।” 

प्रधानमन्त्री ओलीले प्रकाशको असामयिक निधनले दाहाल परिवार, पार्टी र राष्ट्रलाई नै क्षति पुगेको उल्लेख गर्दै भन्नुभयो,“उमेर, अपेक्षा र समय बाँकी हुँदै भएको निधन धेरै पीडादायी हुन्छ । प्रकाशको निधन त्यस्तै भयो तर शोकको घडीमा पनि परिवारले गरेको धैर्य अनुकरणीय छ ।” 

अध्यक्ष दाहालले आफ्नो परिवारमा परेको वियोगका समयमा जनता र कार्यकर्ताले दिएको सद्भाव र साथका कारण आफूहरुलाई शोकलाई शक्तिमा बदल्ने प्रेरणा मिलेको बताउनुभयो । छोरा एवं आफ्ना सचिवालयका सदस्य प्रकाशको सम्झनामा बोल्दा अध्यक्ष दाहालको गला अवरुद्ध भएको थियो भने आमा सीता दाहाल भक्कानिनुभएको थियो । 

नेता दाहालका छोरा प्रकाश र छोरी ज्ञानुको स्मृतिमा प्रतिष्ठान पनि गठन गरिने जनाइएको छ । गत वर्ष प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका क्रममा अध्यक्ष ओली र दाहाल नेता ओलीको निर्वाचन क्षेत्र झापामा रहनुभएका बेला आजकै दिन प्रकाशको काठमाडौँमा हृदयाघातका कारण निधन भएको थियो । श्रद्धाञ्जलिसभामा सभामुख कृष्णबहादुर महरा, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, लोकेन्द्रबहादुर चन्द र बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, मन्त्रिगण, नेता मोहन वैद्य, महन्त ठाकुर, कमल थापालगायतले प्रकाशप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो । स्मारिकामा प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल, सभामुख महरा, प्रकाशका श्रीमती एवं खानेपानी तथा सरसफाइमन्त्री बिना मगरलगायतका लेख स्मृति समेटिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै