२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मुलुककै अग्ला पुल हेर्न पर्यटकको घुइँचो

२०७५, ४ मंसिर मंगलवार ०५:१६

लक्ष्मीप्रसाद सापकोटा | मङ्सिर ४, पर्वत | जिल्लामा रहेका मुलुककै लामा र अग्ला झोलुङ्गे पुलमा घुम्न आउने आन्तरिकसँगै बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ । 

अग्ला पुलका बारेमा स्वदेश तथा विदेशमा प्रचारप्रसार हुँदै गएपछि पुल हेर्न आउने पर्यटकको सङ्ख्यामा दिनप्रतिदिन वृद्धि हुँदै गएको हो । हिमालपारीको जिल्ला मुस्ताङ घुम्न जाने पर्यटक तथा अन्नपुर्ण पदमार्गमा जाने बाह्य पर्यटकको रोजाइमा यहाँका अग्ला पुल पर्न थालेका छन् । पुल हेर्न र तर्नका लागि यस वर्ष बाह्य पर्यटक पनि बाक्लै रुपमा आउन थालेको स्थानीयवलासी बताउँछन् । 

मुस्ताङ जान हिँडेका तथा मुस्ताङबाट फर्किने, कालीगण्डकीमा जलयात्रा गर्न आउने र राउण्ड अन्नपूर्ण पदमार्गमा जाने पर्यटक एक दिन समय लम्ब्याएर अग्ला पुल हेर्न आउन थालेको पर्यटन व्यावसायी बताउँछन् । यस वर्ष झण्डै पाँच सयभन्दा बढीको सङ्ख्यामा बाह्य पर्यटक अग्ला पुल हेर्न आएको पर्वत पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष शिव पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा रहेका मुलुकका तीन अग्ला र लामा पुल पर्यटकको रोजाइमा पर्न थालेका छन् ।” 

मनाङ र मुस्ताङ पुगेर फर्किएका झण्डै ५० अष्ट्रेलियन नागरिकले सोमबार पुल अवलोकन गरेका थिए । अग्ला पुलमा मोटरसाइकल समेत सञ्चालन गर्न पाइने भएपछि पर्यटकले मोटरसाइकल चढेर पुलमा ओहरदोहर गरी आनन्द लिने गरेका छन् । “मुस्ताङबाट फर्किदा अग्ला पुल हेर्ने पर्यटकले इच्छा व्यक्त गर्ने गरेका छन्,” पर्यटक पथप्रदर्शक रमेश मोक्तानले भन्नुभयो । उहाँले भन्नुभयो, “पुल देखेपछि पर्यटक अचम्मित र आनन्दित हुने गरेका छन् ।” 

कुश्मामा सञ्चालनमा आएका तीन पुलमा अहिले आन्तरिक र बाह्य पर्यटकको बाक्लो उपस्थिति हुने गरेको छ । पर्वत आसपासका जिल्लाका बासिन्दाले बिदा मनाउन झोलुङ्गे पुल आउने गरेको पौडेलले बताउनुभयो । केही वर्षयता शैक्षिक भ्रमणको गन्तव्य नै अग्ला र लामा पुल, यान्त्रिक पुल र जिल्लामा रहेका दुई लामा गुफा भएका छन् । गुप्तेश्वर गुफा, अलपेश्वर गुफा र कुश्मा–बलेवा यान्त्रिक पुल पर्यटकको रोजाइ पर्न थालेको छ । 

अग्ला पुल भएका स्थल बिदाको दिन भरिभराउ हुन्छन् । कुश्मा–ज्ञादी पुल आठ वर्षअघि सञ्चालनमा आएको हो । कुश्मा–कैया पुल चार वर्ष अघि तथा कुश्मा–मुडिकुवा पुल गत मङ्सिरदेखि सञ्चालनमा आएको हो । अहिले यी तीनै अग्ला पुल अवलोकन गर्न दैनिक पाँच हजारभन्दा बढी नागरिक आउने गरेका छन् । “बिदाको दिन सात हजारभन्दा बढी जनाले अवलोकन गर्छन्,” पौडेलले भन्नुभयो । 

कालीगण्डकी, मोदीखोला र माछापुच्छ«ेसहितका आकर्षक हिमालको समेत दृश्यावलोकनका कारण पनि आन्तरिक तथा बाह्य पर्यटक पुल अवलोकन गर्न आउने गरेका छन् । पछिल्लो समय मुस्ताङ गएका अधिकांश पर्यटक कुश्माका अग्ला पुलको अवलोकन गरेर मात्रै फर्किने गरेको पौडेल बताउनुहुन्छ । पुल सर्वसाधारणलाई आवतजावत गर्न सहजताका लागि निर्माण गरिए पनि अवलोकनका लागि मात्र पर्यटक आउँदा पुल वरपरको व्यापार व्यवसाय फस्टाएको छ । अहिले तीनवटै पुल वरपर होटल तथा रेष्टुराँ सञ्चालनमा छन् । पुल निर्माणपछि त्यसक्षेत्रको जग्गाको मूल्यसमेत बढेको छ । 

कुश्मा–ज्ञादी पुलको उचाइ १३५ मिटर तथा लम्बाइ ३४४ मिटर रहेको छ । कुश्मा–कैया पुलको उचाइ १५५ मिटर तथा लम्बाइ ३५९ मिटर रहेको छ । सो पुलले दक्षिणी भेगका फलेवास नगरपालिका, महाशीला गाउँपालिका, पैयूँ गाउँपालिका र बिहादी गाउँपालिकाका बासिन्दालाई सदरमुकामसँग जोडेको छ । कुश्मा कैया पुलबाट बागलुङको दक्षिण भेगका बासिन्दा लाभान्वित भएका छन् । उनीहरुलाई बजारसम्मको पहुँच सहज भएको छ । 

पुलमा नियमितरूपमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि विभिन्न पूर्वाधार निर्माण गर्नुपर्नेमा स्थानीयवासीले जोड दिएका छन् । फलेवास क्षेत्रमा उत्पादन भएको दूध, तरकारी र फलफूल बजारसम्म पु¥याउन सहज बनाएको मुडिकुवाका युवनाथ रेग्मीले बताउनुभयो । हिउँदयाम शुरु भएसँगै पुलमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको पर्यटन व्यावसायी पौडेलले बताउनुभयो । होटलमा बास बस्न आउनेको सङ्ख्यामा समेत वृद्धि भएको स्थानीय होटल व्यवसायी कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला