2026-09-15 01:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

तनहुँमा डेङ्गुका चार बिरामी भेटिए

मङ्सिर ४, दमौली | तनहुँको भीमादमा डेङ्गुका चार बिरामी भेटिएका छन् । नियमित ज्वरो आएपछि पोखराको फेवासिटी अस्पतालमा उपचार गराउन गएका उनीहरूमा डेङ्गुको सङ्क्रमण भएको पुष्टि भएको हो । 

डेङ्गुको सङ्क्रमण हुनेमा एकै घरका तीन दाजुभाइ हुनुहुन्छ । भीमाद नगरपालिका–६ का निरोज खनाल, सरोज खनाल र मनोज खनाललाई केही दिनदेखि नियमित ज्वरो आएपछि पोखरास्थित फेवासिटी अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा डेङ्गु भएको पुष्टि भएको हो । उहाँहरु तीनै जना भीमाद नगरपालिकाका उपप्रमुख शारदा खनालका छोरा हुनुहुन्छ । 

भीमादकै अर्का एक जनालाई पनि डेङ्गु भएको भए पनि उहाँको नाम भने खुल्न सकेको छैन । बिरामीमध्ये निरोज र मनोज फेवासिटीमा उपचारपश्चात् घर फर्किनुभएको छ भने सरोजको काठमाडौँको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । हाल उहाँको अवस्था सुधारोन्मुख छ । 

भीमाद महोत्सवका लागि तराईबाट रमाइलो मेलाको सामग्री ल्याउने क्रममा सामानसँगै लामखुट्टे पनि भित्रिएको कारण सोही लामखुट्टेले टोकेर खनालत्रयलाई डेङ्गु भएको आशङ्का गरिएको छ । भीमादमा दोस्रो भीमाद महोत्सव आयोजना भएको र रमाइलो मेलाका साथै विभिन्न सामग्री बाहिरबाट आयात गरिँदा ती सामानसँगै डेङ्गु सार्ने लामखुट्टे पनि आएको हुनसक्ने स्थानीय बासिन्दाले आशङ्का गरेका छन् । 

जिल्ला स्वास्थ्य कार्यालयले भने डेङ्गुका बिरामी भेटिएको बारेमा अनभिज्ञता 

प्रकट गरेको छ । कार्यालय प्रमुख डा सुनिल पौडेलले यस बारेमा आफूलाई केही जानकारी नभएको बताउनुभयो । 

डेङ्गु लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक रोग हो । डेङ्गुको भाइरसद्वारा सङ्क्रमित भएको एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी पाइने गर्दछ । यसले स–साना सफा पानी जमेको स्थानमा फूल पार्ने गर्दछ । 

तीन वर्षमा १९ हजार पटक डायलाइसिस 

तनहुँको दमौली अस्पतालमा स्थापना गरिएको शत्रुघन मञ्जु डायलाइसिस केन्द्रले तीन वर्षको अवधिमा १८ हजार ५०० पटक डायलाइसिस सेवा प्रवाह गरेको छ । 

२०७२ मङ्सिर ३ गते स्थापना भएको केन्द्रले यस अवधिमा १९० मिर्गौला पीडितलाई त्यति सङ्ख्यामा डायलाइसिस सेवा प्रवाह गरेको हो । केन्द्रमा हाल ७५ मिर्गौला पीडितले नियमितरूपमा निःशुल्क डायलाइसिस सेवा लिइरहेको केन्द्रका लेखापाल शैलेश पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रमा हाल छ जनाले हप्ताको तीन पटक, एक जनाले हप्ताको एक पटक र ६८ जनाले हप्ताको दुई पटक डायलाइसिस सेवा लिने गरेका छन् । 

केन्द्रमा तनहुँका साथै कास्की, लमजुङ, गोरखा र स्याङ्जा जिल्लाका मिर्गौला पीडितले समेत डायलाइसिस गराइरहेका छन् । केन्द्रमा एकै पटक नौ जनाले डायलाइसिस सेवा लिनसक्छन् । केन्द्रमा दैनिक २४–२५ जना मिर्गौला पीडितले सेवा लिइरहेको पण्डितले बताउनुभयो । 

लेखापाल पण्डितका अनुसार डायलाइसिस केन्द्रमा बिरामीको चाप बढेकाले मागअनुसार सेवा दिन कठिन भएको छ । डायलाइसिसका लागि अस्पतालमा नाम टिपाउन आउने मिर्गौला पीडितलाई सिट नहुँदा फिर्ता पठाउनुपर्ने समस्या रहेको उहाँले बताउनुभयो । 

भानु नगरपालिका–४ निवासी मुरली रानाभाटले दमौलीमै केन्द्र स्थापना भएपछि डायलाइसिस सेवाका लागि सहज भएको बताउनुभयो । उहाँले तीन वर्ष अगाडि चितवन मेडिकल कलेजमा डायलाइसिस गराइरहनुभएको थियो । उहाँले भन्नुभयो, “आफ्नै जिल्लामा सेवा लिन पाउँदा समयसँगै खर्चको पनि बचत हुने गरेको छ ।” लमजुङ जिल्ला दूधपोखरी गाउँपालिका–५ निवासी कमानसिंह गुरुङले समेत तीन वर्षदेखि दमौली अस्पतालबाटै डायलाइसिस सेवा लिइरहेको बताउनुभयो । 

हेल्थ केयर फाउण्डेसन अफ नेपालले दमौली अस्पतालमा डायलाइसिस केन्द्र स्थापना गरेको हो । केन्द्रमा शुरुमा रु एक करोड २० लाखको लागतमा छ वटा डायलाइसिस उपकरण रहेको थियो । हाल तीन वटा उपकरण थप गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ