२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुर क्षेत्र २ को योजना छनोट

२०७५, ५ मंसिर बुधबार ०६:४०

मङ्सिर ५, कञ्चनपुर | कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर २ का तीन स्थानीय तहमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत योजना छनोट गरिएका छन् । 

तीन नगरपालिका रहेको निर्वाचन क्षेत्रमा रु चार करोडका २० वटा योजना छनोट गरिएका छन् । अर्थमन्त्रालयले निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षका लागि ‘एक निर्वाचन क्षेत्र’ मा रु चार करोडका दरले रकम विनियोजन गरेको छ । 

जसअन्तर्गत सांसद नरबहादुर धामीले शुक्लाफाँटा नगरपालिकामा नौ, कृष्णपुर नगरपालिकामा छ र वेदकोट नगरपालिकामा पाँच योजना छनोट गरिएको बताउनुभयो । 

उहाँका अनुसार शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ मा सडक निर्माणका लागि रु १० लाख, वडा नं १२ मा कल्भर्ट निर्माणका लागि रु १५ लाख, वड नं ३ मा तटबन्ध निर्माणका लागि रु २० लाख, वडा नं २ मा कल्र्भट निर्माणका लागि रु ३० लाख, वड नं ८ मा सडक निर्माणका लागि रु १० लाख वडा नं ७ मा धर्म जनता माविको भौतिक संरचना निर्माणका लागि रु २० लाख बजेटका योजना छनोट गरिएका छन् । 

सोही नगरपालिका–५ मा तटबन्ध निर्माणका लागि रु २० लाख, वड नं ८ मा रहेको सिद्धनाथ मावि बेल्डाँडीको भौतिक संरचना निर्माणका लागि रु १० लाख र वडा नं रु १० को मुक्तकमैया बस्तीमा रहेको त्रिपुरासुन्दरी मन्दिरको मर्मत सम्भारका लागि रु १० बजेटका योजना छनोट गरिएका छन् । 

यसैगरी, कृष्णपुर नगरपालिका वडा नं १ मा तटबन्ध निर्माणका लागि रु ३० लाख, वड नं ४ मा सडक निर्माणका लागि रु १० लाख, वडा नं ७ को कुत्ता खोलामा कल्र्भट निर्माणका लागि रु ५० लाख, वडा नं २ मा सडक निर्माण र वडा नं ४ मा मुक्तकमैया सिविर सञ्चालनका लागि रु १०÷१० लाख रकमका योजना छनोट गरिएका छन् । 

कृष्णपुर वडा नं २ मा सामुदायिक भवन निर्माणका लागि रु ३० लाख, बेदकोट नगरपालिका वडा नं ५ मा विद्यालयको भौतिक संरचना निर्माणका लागि रु १५ लाख, वडा नं ४ मा सडक कालोपत्रेका लागि रु ३० लाख, वडा नं ३ मा तटबन्ध निर्माणका गर्न रु १० लाख, वडा नं २ को बैजनाथ मावि जडेपानीको भवन निर्माणका लागि रु ५० लाख र वडा नं ४ को बगुन सामुदायिक भवन निर्माणका लागि रु १० लाख रकमका योजना छनोट गरिएका छन् । 

खानेपानीमन्त्री बीना मगर निर्वाचित क्षेत्र नम्बर १ मा सोही कार्यक्रमअन्तर्गत चार वटा स्थानीय तहलाई रु एक÷एक करोड बजेट उपलब्ध गराई योजना छनोट गर्नुभएको छ । 

जिल्ला समयन्य समितिका शाखा अधिकृत महेशबहादुर बमले सम्बन्धित स्थानीय निकायसँगैको सहकार्यमा योजना कार्यान्वयन गरिने बताउनुभयो । उहाँका अनुसार योजना कार्यान्वयका लागि स्थानीय तहलाई निर्देशनसमेत दिइसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा