२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुर क्षेत्र २ को योजना छनोट

५ मंसिर २०७५, बुधबार ०६:४०

मङ्सिर ५, कञ्चनपुर | कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर २ का तीन स्थानीय तहमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत योजना छनोट गरिएका छन् । 

तीन नगरपालिका रहेको निर्वाचन क्षेत्रमा रु चार करोडका २० वटा योजना छनोट गरिएका छन् । अर्थमन्त्रालयले निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षका लागि ‘एक निर्वाचन क्षेत्र’ मा रु चार करोडका दरले रकम विनियोजन गरेको छ । 

जसअन्तर्गत सांसद नरबहादुर धामीले शुक्लाफाँटा नगरपालिकामा नौ, कृष्णपुर नगरपालिकामा छ र वेदकोट नगरपालिकामा पाँच योजना छनोट गरिएको बताउनुभयो । 

उहाँका अनुसार शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ मा सडक निर्माणका लागि रु १० लाख, वडा नं १२ मा कल्भर्ट निर्माणका लागि रु १५ लाख, वड नं ३ मा तटबन्ध निर्माणका लागि रु २० लाख, वडा नं २ मा कल्र्भट निर्माणका लागि रु ३० लाख, वड नं ८ मा सडक निर्माणका लागि रु १० लाख वडा नं ७ मा धर्म जनता माविको भौतिक संरचना निर्माणका लागि रु २० लाख बजेटका योजना छनोट गरिएका छन् । 

सोही नगरपालिका–५ मा तटबन्ध निर्माणका लागि रु २० लाख, वड नं ८ मा रहेको सिद्धनाथ मावि बेल्डाँडीको भौतिक संरचना निर्माणका लागि रु १० लाख र वडा नं रु १० को मुक्तकमैया बस्तीमा रहेको त्रिपुरासुन्दरी मन्दिरको मर्मत सम्भारका लागि रु १० बजेटका योजना छनोट गरिएका छन् । 

यसैगरी, कृष्णपुर नगरपालिका वडा नं १ मा तटबन्ध निर्माणका लागि रु ३० लाख, वड नं ४ मा सडक निर्माणका लागि रु १० लाख, वडा नं ७ को कुत्ता खोलामा कल्र्भट निर्माणका लागि रु ५० लाख, वडा नं २ मा सडक निर्माण र वडा नं ४ मा मुक्तकमैया सिविर सञ्चालनका लागि रु १०÷१० लाख रकमका योजना छनोट गरिएका छन् । 

कृष्णपुर वडा नं २ मा सामुदायिक भवन निर्माणका लागि रु ३० लाख, बेदकोट नगरपालिका वडा नं ५ मा विद्यालयको भौतिक संरचना निर्माणका लागि रु १५ लाख, वडा नं ४ मा सडक कालोपत्रेका लागि रु ३० लाख, वडा नं ३ मा तटबन्ध निर्माणका गर्न रु १० लाख, वडा नं २ को बैजनाथ मावि जडेपानीको भवन निर्माणका लागि रु ५० लाख र वडा नं ४ को बगुन सामुदायिक भवन निर्माणका लागि रु १० लाख रकमका योजना छनोट गरिएका छन् । 

खानेपानीमन्त्री बीना मगर निर्वाचित क्षेत्र नम्बर १ मा सोही कार्यक्रमअन्तर्गत चार वटा स्थानीय तहलाई रु एक÷एक करोड बजेट उपलब्ध गराई योजना छनोट गर्नुभएको छ । 

जिल्ला समयन्य समितिका शाखा अधिकृत महेशबहादुर बमले सम्बन्धित स्थानीय निकायसँगैको सहकार्यमा योजना कार्यान्वयन गरिने बताउनुभयो । उहाँका अनुसार योजना कार्यान्वयका लागि स्थानीय तहलाई निर्देशनसमेत दिइसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो