९ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हरेक दिन विकासको गति एक कदम भए पनि लिनुपर्छ: प्रधानमन्त्री

६ मंसिर २०७५, बिहीबार ११:०५

मङ्सिर ६, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन मुलुकले विकासको गति लिनुपर्ने र त्यसले एक कदम भए पनि अघि बढ्नुपर्ने बताउनुभएको छ । 

आर्थिक वर्ष २०७५÷०७६ को स्वीकृत कार्यक्रम एवं बजेटको कार्यान्वयनसम्बन्धी प्रथम चौमासिक समीक्षा बैठकको दोस्रो दिन आज उहाँले सबै क्षेत्र हरेक दिन रचनात्मक कामसहित एक कदम अघि बढ्नुपर्ने औँल्याउनुभयो । “हरेक दिन हरेक क्षेत्रमा रचनात्मक र नयाँ काम हुनुपर्छ । त्यो काम एक कदम अगाडि बढ्ने हुनुपर्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “सबै क्षेत्र रचनात्मक भएर अघि बढ्ने हो भने नेपाल हरेक दिन एक कदम अघि बढ्छ ।” 


मन्त्री र कर्मचारीले काम गर्ने शैलीमा पनि परिवर्तन गर्नुपर्ने बताउँदै उहाँले नीति, बैठक, छलफल र सुझावमा धेरै समय खेर नफालेर राष्ट्र विकासका कामलाई प्राथमिकता दिन निर्देशन दिनुभयो । “विषयवस्तुको आफैँ गहन अध्ययन गर्नुहोस्, अवधारणा बनाउनुहोस् र त्यसपछि सुझाव लिनुहोस्” प्रधानमन्त्रीले थप्नुभयो, “सबै कुरा विज्ञबाट ग्रहण गरेर तपाईंले गर्न खोजेको काम पूर्ण हुँदैन । आफू स्पष्ट हुनुहोस् । विज्ञको सुझावले त्यसलाई समृद्ध बनाउनुहोस् ।” 

कार्यालय समयमा हुने बैठकका भत्ता लिएर राज्यकोषलाई मारमा नपार्न प्रधानमन्त्री ओलीले कर्मचारीलाई निर्देशन दिँदै मितव्ययी भएर राज्यकोषलाई दोहनबाट जोगाउनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाल वायुसेवा निगमको ‘वाइबडी’ जहाज उडाउने तयारी तथा निगम घाटामा जानाको कारणबारे पनि जिज्ञासा राख्नुभएको थियो । 

प्रधानमन्त्री ओलीले वन तथा वातावरण मन्त्रालयलाई वृक्षरोपणमा मात्र नभई कृषि वन बढाउन पनि आग्रह गर्नुभयो । उहाँले निर्देशन दिनुभयो, “अनुत्पादक जातका बिरुवा होइन प्रतिफल दिने फलफूलका बिरुवा रोप्न प्रेरित गर्नुहोस्, त्यसो गरेमा फल जति जनताको, बोटजति सरकारको हुन्छ ।” 

सहकारीमार्फत ठूलो मात्रामा कृषि उत्पादन गर्न सकिने विभिन्न देशको दृष्टान्त प्रस्तुत गर्दैै प्रधानमन्त्रीले त्यसैअनुसार नेपालमा पनि बृहत् उत्पादनमा जोड दिनुपर्ने औँल्याउनुभयो । “बृहत् मात्रामा कृषि उत्पादन गरौंँ, जसले निर्यात प्रवद्र्धनमा पनि सघाओस्,”कृषिको उत्पादकत्व वृद्धि सुझाउँदै उहाँले भन्नुभयो । 

उहाँले कृषि, उद्योग, पर्यटन र सेवाका क्षेत्रलाई आधुनिकीकरण गरेर रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिँदै सङ्घ, प्रदेश र स्थानीय तहमा भएको समन्वयको अभावलाई हटाउन निर्देशन पनि दिनुभयो । “यस्ता कुराले कतिपय ठाउँमा कार्यक्रम, योजना र बजेट दोहोरो पर्ने स्थिति छ । त्यसो हुनु भएन”, उहाँले भन्नुभयो । 

आजको समीक्षा बैठकमा सचिवहरु खानेपानी तथा सरसफाइ मन्त्रालयका गजेन्द्र ठाकुर, युवा तथा खेलकूद मन्त्रालयका मोहनकृष्ण सापकोटा तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका खगराज बराल र कृष्ण बिसीले आ–आफ्नो मन्त्रालयको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । यसैगरी भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका गोपीनाथ मैनाली, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका महेश दाहाल, वन मन्त्रालयका विश्वनाथ ओली र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका कृष्णप्रसाद देवकोटाले मन्त्रालयबाट सम्पादित कामको प्रगति विवरण पेश गर्नुभएको थियो । बाँकी मन्त्रालयको प्रगति समीक्षा आगामी शनिबार हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार राष्ट्रपतिसँग बिदाइ भेट पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ जेन्जी आन्दोलनका शहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ : रवि लामिछाने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प काठमाडौँको तापक्रम आज यस वर्षकै कम नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ मदुरोमाथि ट्रम्पको दबाब महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा