2026-09-14 12:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

रोजगारी नभएपछि बाजुराका अधिकांश युवा भारततिर, गाउँ सुनसान

मङ्सिर ७, बाजुरा | यतिबेला बाजुराका अधिकांश युवा रोजगारीका लागि भारततिर लागेका छन् । गाउँमा कुनै किसिमको रोजगारीको सिर्जना नभएपछि उनीहरु लागि भारततिर लागेका हुन् । 

“गाउँमा खाउँ भने मानो छैन, भएका खेतमा खडेरी लागेको छ, खेतमा बर्सेनि बाली लाउनलाई सिँचाइ सुविधा छैन । सिंहदरबारको अधिकार गाउँमा आयो भन्छन्, हामीलाई थाहा छैन”, परिवार पाल्न छिमेकी मुलुक भारततिर रोजगारीका लागि जानुको विकल्प नरहेको स्वीकार्दै स्वामीकार्तिक खापर गाउँपालिका–१ का धनबहादुर विकले गुनासो गर्नुभयो । 

पारिवारिक भेटघाट तथा दशँै तिहार मनाउन भारतबाट रोजगारी गरेर गाउँ फर्केका जिल्लाका अधिकांश युवा यतिबेला हरेक दिन करिब ५० को सङ्ख्यामा जिल्लाबाट बाहिरिन थालेका छन । युवा रोजगारीको सिलसिलामा घरपरिवार छाडेर अन्य मुलुक गएपछि अहिले गाउँपालिका–१ को पुरै गाउँ सुनसान बनेको छ । 

गाउँमा पढेलेखेका युवा धेरै छन् । पढाइ सकेर प्रमाणपत्र बाकसमा राखेर काम खोज्न छिमेकी देश भारत जानुपर्ने अवस्था आएको मुक्तिकोट गाउँका लालबहादुर विकले बताउनुभयो । त्यस्तै मुक्तिकोटका पुरै दलित परिवारका युवा रोजगारी खोज्न भारततिर लागेका छन् । उक्त गाउँमा करीब ३०० बढी दलित परिवार बसोबास गरिरहेका छन् । युवा रोजगारीका लागि भारत लागेपछि अहिले गाउँमा महिला, बालबालिका, अशक्त र वृद्धवृद्धा मात्र छन् । 

सिंहदरबारको अधिकार स्थानीय सरकारअन्तर्गत् गाउँमा आएको नारा नारामै मात्र सीमित भएको आभास भएपछि घरपरिवार त्यागेर भारततिर जानुपर्ने बाध्यता भएको सुर्ज विकले गुनासो गर्नुभयो । गाउँमा स्थानीय सरकार आएको छ, तर स्थानीय तहले गाउँमा रहेका युवालाई कुनै किसिमको रोजगारीको अवसर सिर्जना गर्न नसकेको उहाँले बताउनुभयो । 

गाउँपालिकाले जनतालाई सडक निर्माणमा अवसर नदिएर सडक खन्न करोडौँ रकम डोजर प्रयोगमा खर्च गरेपछि आफूहरु खाली बस्नुभन्दा रोजगारीका लागि बाहिर जानुपर्ने बाध्यता भएको सुर्ज विकको भनाई छ । मङसिर महीनाको पहिलो सातामात्रै गाउँपालिका–१ मुक्तिकोट गाउँबाट झण्डै २०० बढी युवा जिल्ला बाहिर गएका छन् । 

सांसदलाई ज्ञापनपत्र 

यसैबीच नागरिक सेवा सरोकार मञ्चले रोजगारीका लागि काम गर्न भारत जान लागेका मुक्तिकोटका २०० बढी युवालाई रोजगारी अवसर सिर्जना गर्न पहल गरिदिन भन्दै प्रतिनिधिसभा सदस्य लालबहादुर थापालाई तीन बँुदे ज्ञापनपत्र बुझाएको छ । मञ्चको अगुवाइमा मुक्तिकोटका स्थानीयले सांसद थापाको निजी निवास मार्तडीमै पुगेर ज्ञापनपत्र बुझाएका हुन् । 

गाउँमा कुनै किसिमको रोजगारी सिर्जना नभएपछि हिउँदयाममा कामका लागि भारत जानुपर्ने बाध्यतालाई अन्त्य गर्न आवश्यक पहल गरिदिन सांसद थापालाई ज्ञापनपत्र बुझाएको मञ्चका संयोजक जनेश भण्डारीले बताउनुभयो । 

त्यस अवसरमा सांसद थापाले गाउँको विकासका लागि निर्वाचन पूर्वाधार विकास कार्यक्रमबाट गाउँसम्म जोडिने सडक निर्माण गर्न रु ३० लाख रकम विनियोजन गरिएको जानकारी दिनुभयो । गाउँसम्म निर्माण गरिने सडकलाई गाउँका स्थानीयवासीबाटै निर्माण गराउने आश्वासन थापाले दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने