Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

धौलागिरीका डिएलए नेपालमा आवद्ध वकिलहरुको पर्वतमा जमघट

२०७५, ७ मंसिर शुक्रबार ०५:४३

मङ्सिर ७, पर्वत । लोकतन्त्रवादी कानून व्यवसायीहरुको राष्ट्रिय छाता संस्था नेपाल डेमोक्याटिक एशोसिएसन, डि.एल.ए. नेपालको २९औं स्थापना दिवसका अवसरमा पर्वत जिल्ला सदरमुकाम कुश्मामा धवलागिरी अञ्चल स्तरीय अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । डिएलए पर्वत शाखाको संयोजन, डिएलए वाग्लुङ तथा म्याग्दीको सहसंयोजन तथा अमरटिका फाउण्डेशन, नेपालको वित्तीय सौजन्यमा सो कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा धवलागिरी अञ्चललाई कर्मथलो वनाई कानून व्यवसाय गर्दै आउनु भएका वरिष्ठ अधिवक्ता एवम् कानून क्षेत्रका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको हो । यसरी सम्मानित हुनेहरुमा वरिष्ठ अधिवक्ताहरु पद्यमानाथ शर्मा पौडेल, डा. भुपेन्द्र वहादुर खड्का, गणेश वहादुर कुँवर र कृष्ण प्रसाद शर्मा निउरे रहनु भएको छ । कार्यक्रममा लामो समय कानून व्यवसायमा रही गल्कोट नगरपालिकाको मेयर पदमा निर्वाचित डिएलए वाग्लुङका सदस्य अधिवक्ता भरत शर्मा गैरे र शारिरीक अपाङ्गताको वावजुद लामो समय देखि कानून व्यवसायमा संलग्न अधिवक्ता भोलानाथ शर्मालाई समेत सम्मान गरिएको छ । सम्मानित व्यक्तित्वलाई डिएलए पर्वतका अध्यक्ष अधिवक्ता विश्व प्रकाश प्रसाई, प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य ललितकला गुरुङ्ग, सहायक प्रमुख जिल्ला अधिकारी ऋषीराम आचार्य र अमरटिका प्रतिष्ठानका उपाध्यक्ष सावित्री खत्री क्षेत्रीले सामुहिक रुपमा टिका, माला, दोसल्ला र सम्मानपत्रले सम्मान गर्नु भएको थियो ।

सम्मान कार्यक्रममा वोल्दै प्रमुख अतिथि प्रदेश सभा सदस्य गुरुङले नयाँ संविधानको प्रदत्त गरेका अधिकारलाई सुनिश्चित गर्नुका साथै संघियता कार्यान्वयनको लागि संघ, प्रदेश र स्थानीय तहमा धमाधम कानून निर्माण भएता पनि समय अभाव, कानून निर्माताहरुको दक्षता अभावको कारण प्रभावकारी हुन नसकेको भन्दै कानून व्यवसायीहरुले तहगत सहजीकरण गरी सहयो गर्नु पर्ने वताउनु भयो । कार्यक्रममा सम्मानित व्यक्ति वरिष्ठ अधिवक्ताहरु पद्यमानाथ शर्मा पौडेल, डा. भुपेन्द्र खड्का, गणेश वहादुर कुँवर, कृष्ण प्रसाद शर्मा न्यूरे, अधिवक्ताहरु गल्कोट नगरपालिकाका मेयर भरत शर्मा गैरे, पर्वत वारका अध्यक्ष भोलानाथ शर्मा, सहायक प्रमुख जिल्ला अधिकारी ऋणीराम आचार्यले नेपालको विद्यमान कानूनहरु र कार्यान्वयनको वारेमा चर्चा गर्नु भएको थियो ।

 यसै कार्यक्रममा नेपाली काँग्रेस पर्वतका पुर्व अध्यक्ष नवराज गुरुङ, डिएलए पर्वतका सल्लाहकार राम शर्मा पौडेल, पुनरावेदन वारका पुर्व अध्यक्ष निरन्जनलाल राजभण्डारी, डिएलए गण्डकी प्रदेश सदस्य सागरजीवि उपाध्याय, डिएलए म्याग्दीका अध्यक्ष दण्डपाणी शर्मा, पर्वत उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपी अधिकारी, नेपाल पत्रकार महासंघ, पर्वतका अध्यक्ष छविलाल तिवारी, लोकतान्त्रिक गैसस महासंघ, पर्वतका अध्यक्ष गणेश वहादुर क्षेत्री, प्रेस युनिएन पर्वतका पार्षद ओम प्रसाद घायल, ट्रेड युनियन कांग्रेस, पर्वतका अध्यक्ष सुरेन्द्र के.सी. लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

डिएलए पर्वतका अध्यक्ष अधिवक्ता विश्व प्रकाश प्रसाईको सभापतित्व, डिएलए वाग्लुङ अध्यक्ष अधिवक्ता भुमिश्वर गौतमको स्वागत, अमरटिका फाउण्डेशन, नेपालका उपाध्यक्ष सावित्री खत्री क्षेत्रीको धन्यवाद मन्तव्य एवम् सचिव हरिनारायण गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ