९ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सवारी दुर्घटनाप्रति काङ्ग्रेसद्वारा दु:ख व्यक्त

७ मंसिर २०७५, शुक्रबार १०:३२

मङ्सिर ७, काठमाडौँ | नेपाली काङ्ग्रेसले बिहीबार साँझ भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । 

काङ्ग्रेस केन्द्रीय कार्यालयले आज एक विज्ञप्ति जारी गरी डा के आइ सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ मा भएको दुर्घटनाप्रति दुःख व्यक्त गरेको हो । बिहीबार साँझ विद्यालयको बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो भने २६ जना घाइते भएका थिए । 

यसैबीच आज दार्चुलामा मिनिबस दुर्घटना हुँदा दुई जनाको मृत्यु हुनुका साथै १९ जना घाइते भएको घटनाप्रति पनि काँग्रेसले दुःख व्यक्त गरेको छ । काङ्ग्रेस सभापति शेरबहादुर देउवाले बस दुर्घटनामा परी मृत्यु भएकाको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । साथै उक्त घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभएको छ । 

काँग्रेसद्वारा भत्र्सना 

नेपाली काँग्रेसले सुनसरीको दुहवी नगरपालिका–९ का फिदाहुसेन मियाँको हत्याको भत्र्सना गरेको छ । 

आज काँग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी निर्दोष व्यक्तिलाई दिनदाहाडै गोली हत्या गर्दा प्रहरी प्रशासनले तत्काल कुनै कारवाही गर्न नसक्नु र समयमै सूचना दिँदासमेत अपराधी पक्राउ गर्न नसक्नुले मुलुकमा दण्डहीनता बढेको जनाइएको छ । 

अपराधीलाई तत्काल पक्राउ गरी कारवाही गर्न र जनताको जीवधनको सुरक्षा गर्न काङ्ग्रेसले सरकारसँग मागसमेत गरेको छ । अपराधीलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन र मृतक मियाँलाई शहीद घोषणा गर्न तथा आम नागरिकको शान्ति सुरक्षाको प्रत्याभूति गर्न काङ्ग्रेसले सकारको ध्यानाकर्षण गराएको छ । 

मियाँको यही मङ्सिर ५ गते बिहान सुनसरी दुहवी नगरपालिका–९ रानीगाउँ नजिकै अज्ञान समूहले गोली हानी हत्या गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार राष्ट्रपतिसँग बिदाइ भेट पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ जेन्जी आन्दोलनका शहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ : रवि लामिछाने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प काठमाडौँको तापक्रम आज यस वर्षकै कम नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ मदुरोमाथि ट्रम्पको दबाब महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा