२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज भृकुटीमण्डपमा नेकपाको जनसभा, गोपाल किंरातीदेखि ऋषि कट्टेल एकै मंचमा

२०७५, ८ मंसिर शनिबार ०३:३९

मङ्सिर ८, काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राजधानीको भृकुटीमण्डपमा आज जनसभा गर्दैछ । पार्टी पुनर्गठन दिवसको सन्दर्भ पारेर नेकपाले जनसभा आयोजना गरेको हो । 

आजको जनसभालाई पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सम्बोधन गर्ने बताइए पनि उनी भने सहभागी नहुने भएका छन् । अन्तिम समयमा विप्लव सहभागी हुने कार्यक्रम स्थगित गरिएको हो तर विप्लव उपस्थित हुन नसक्नुको कारण भने खुलाइएको छैन ।


आजको जन सभालाई पार्टी प्रवक्तासमेत रहेका स्थायी कमिटी सदस्य प्रकाण्ड लगायत नेताले सम्बोधन गर्ने कार्यक्रम छ । नेकपाको आजको कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरुलाई पनि निमन्त्रण गरिएको छ । कार्यक्रममा नेकपा माओवादी केन्द्र अध्यक्ष गोपाल किंरातीलाई समेत निम्ता छ । त्यस्तै नेकपा मालेका महासचिव सीपी मैनाली र नेकपाका अध्यक्ष ऋषि कट्टेल समेत आजको कार्यक्रममा सरिक हुनेछन् । नेकपा माओवादी केन्द्र अध्यक्ष गोपाल किंरातीले कार्यक्रममा सहभागिताको लागि जाने तयारीमा रहेको बताए । किराती सहित माओवादी केन्द्रबाट सिंगो पार्टी संदस्यहरु समेत आजको कार्यक्रममा सरिक हुनेछन् । 

जनसभाको लागि सभाअघि विभिन्न स्थानबाट झाँकीसहितको र्‍याली निकाल्ने तयारी छ । गोंगबु, लैनचौर, बबरमहल, कालिमाटी लगायतको स्थानबाट निस्कने र्‍यालीलाई विभिन्न नेताहरुले नेतृत्व गर्ने नेकपाले जनाएको छ । जनसभालाई लक्षित गरी काठमाडौंमा सुरक्षा निगरानी बढाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो