पढ्न करिब 1 मिनेट लाग्छ
<p>मङ्सिर ८, कावासोती | पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका–१३स्थित मुकुन्दपुरमा आज बिहान बसले मोटरसाइकललाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको छ । <br></p><p>ना ५ ख ३९८७ नम्बरको कर्णाली यातायातको बसले ना ५६ प ३८५१ नम्बरको मोटरसाइकललाई ठक्कर दि“दा घाइते भएका मोटरसाइकलमा सवार दुबैजनालाई उपचारका लागि अस्पताल लैजाँदा एकाको बाटोमै र अर्कोको अस्पताल पुर्याएपछि मृत्यु भएको प्रहरीले जनाएको छ । </p><p>दुर्घटनामा परी मृत्यु हुनेमा गैँडाकोट नगरपालिका–८ बस्ने २० वर्षीय अनिल पौडेल र गैँडाकोट–१ बस्ने १९ वर्षीय कृष्ण सापकोटा रहेका गैँडाकोट इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक जोतेन्द्र भण्डारीले जानकारी दिनुभयो । </p>

