Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

हातेमालो गर्दै हिंसाप्रभावित महिला

२०७५, ९ मंसिर आईतवार ०८:५६

मङ्सिर ९, घोराही (रासस) | घोराही–१८ की सरस्वती खत्री, घोराही–९ की डिला चौधरी, तुलसीपुरकी दीपा बस्नेत, देउखुरीकी पिङ्की सिंहलगायतका महिला अहिले एकै ठाउँमा बस्छन् । आफ्ना आफन्त, घरपरिवारबाट अपहेलना, दुव्र्यवहार, यातना सहन नसेकेर घरबाट निस्कन बाध्य उनीहरु अहिले एकैथलोमा बसेर सामूहिक व्यवसाय गरिरहेका छन् । 

नेपाल महिला सामुदायिक केन्द्रकी विमला योगीले दिएको चार कठ्ठा जग्गा र सानो घरमा उनीहरुको गुजारा चलिरहेको छ । उनीहरुले त्यहाँ बस्ने र खानेमात्रै गर्दैनन्, सामूहिक रूपमा कुखुरापालन, बाख्रापालन र च्याउखेती गरिरहेका छन् । त्यहीबाट हुने आम्दानी उनीहरुको रोजीरोटीको माध्यम बनेको छ । 

उनीहरु त्यसरी सामूहिक रूपमा बस्न थालेको करीब ६ वर्ष नाघिसक्यो । हिंसा प्रभावितको क्षेत्रमा काम गर्ने सङ्घसंस्था होस् वा सरकारी सेवा केन्द्रमा, लामो समयसम्म बस्न नपाउने व्यवस्था भएपछि उनीहरू सामूहिक रूपमा बसेर व्यवसाय गर्न थालेको हुन् । पूर्व हिंसापीडित महिला रचना सुवेदीको पहलमा यो सम्भव भएको हो । उहाँले नै हिंसापीडित महिलालाई यसरी एकीकृत गर्नुभएको हो । अहिले उनीहरुले त्यसलाई ‘सक्षम महिला सामुदायिक संस्था’ भन्ने नामसमेत दिएका छन् । 

जहाँ हिंसापीडित महिलाले व्यवसायसँगै सिलाइ सिकाइ, हाते बुनाइ पनि सिकिरहेका संस्थाकी प्रमुख सुवेदीले बताउनुभयो । “अघिको जीवन जे जस्तो भए पनि पछिको जीवन राम्रो हुन्छ कि भन्ने कल्पना गरेर शुरुआत गरेका हौँ ।” उहाँले भन्नुभयो, “हामीसँग पैसा छैन, ऋण गरेर काम थालेका छौं,  सफलता असफलता समयले बताउनेछ ।” अहिले उनीहरुको कुखुरा फार्ममा दैनिक तीनदेखि चार क्यारेट लोकल अण्डा उत्पादन भइरहेका र एउटा कोठाभरि च्याउ उत्पादन भइरहको छ । यसैगरी १५ स्थानीय जातका बाख्रा पनि उनीहरुले पालेका छन् । 

विसं २०६९ मा हिंसापीडित महिला एकजुट भएपछि जन्मिएको सक्षम महिला सामुदायिक संस्था अहिले थुप्रै  पीडित महिलालाई पीडा भुलाउने  बाटो बनेको छ । एकअर्का को दुःख, सुख सुनाउने  थलो  अहिले आत्मनिर्भरको बाटोतर्फ अगाडि बढेको छ । सामूहिक रूपमा काम गर्दा एक्लोपन हट्ने, सङ्घर्ष गर्ने हिम्मत आउने, एकअर्काको सहयोगले हौसला थपिदै गएको उनीहरु बताउँछन् । 

सात वर्षको  अन्तरालमा हिंसा प्रभावित महिला यतिबे ला सक्षम भएका छन् । अहिले हाते  हो जियारी मे शिनबाट कपडा बुन्ने  उद्यो ग सञ्चालन गरे का छन् । के ही महिला कृृषिमा संलग्न छन् । के ही साना व्यवसायको  बाटो बाट आयआर्जन गरिरहेका छन् । कुनै  महिला हिंसामा परे  पुनःस्थापना गृहमा राख्ने  र उनीहरुलाई आयआर्जनका निम्ति सीप विकासका तालीम वा कृषि र पशुपालनतिर प्रे रित गर्ने  सो चले  उक्त संस्था स्थापना गरिएको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ