१२ मंसिर २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नगरको सार्वजनिक सुनुवाइ: ५३१ योजना सम्पन्न, नगरवासी आक्रोशित

९ मंसिर २०७५, आईतवार ०९:१७

मङ्सिर ९, बैतडी (रासस) | हरेक तीन/तीन महीनामा सार्वजनिक सुनुवाइ गर्नुपर्ने भए पनि बैतडीको पाटन नगरपालिकाले जनप्रतिनिधि आएपछि पहिलो सार्वजनिक सुनुवाइ शनिबार गरेको छ । 

गत आर्थिक वर्षमा ५३१ वटा योजना बजेट विनियोजन गरेर सम्पन्न गरेको जनाइएको छ । ५१ नगरस्तरीय, ३३१ वडास्तरीय र १०३ वटा सशर्ततर्फका योजना सम्पन्न गरेको नगरपालिकाले जनाएको छ । गत आवमा नगरपालिकाले रु ४८ करोड ५९ लाख १२ हजार ७४ विनियोजन गरेको थियो । 

नगरपालिकाले सडक निर्माणलाई प्राथमिकतामा राखेर ६८ वटा सडकसहित भौतिक पूर्वाधारतर्फ रु पाँच करोड १५ लाख बजेट खर्च गरेको जनाएको छ । नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइका सहभागीहरुले टुक्रे योजनाका कारण विकासको कामले गति नलिएको गुनासो गरेका छन् । धेरै ठाउँमा कार्यकर्तामुखी बजेट भएको समेत उनीहरुले आरोप लगाएका छन् । 

कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै नगरप्रमुख केशवबहादुर चन्दले कतिपय अधिकार अझै स्थानीय तहमा आउन नसकेकाले सोचेअनुसार काम गर्न नसकेको बताउनुभयो । 

यस्तै गत आवको बजेटमा रु तीन करोड ३५ लाखभन्दा बढी बेरुजु देखिएको छ । नगरपालिकाको बेरुजु रकमप्रति पनि सुनुवाइका सहभागीले असन्तुष्टि जनाएका छन् । चालू आवमा नगरसभाले ४५० वटा योजना छनौट गरेको प्रमुख प्रशासकीय अधिकृत रवीन अधिकारीले जानकारी दिनुभयो । 

नगरसभाले चालू आवमा रु ४६ करोड ६३ लाख १६ हजार बजेट विनियोजन गरेको छ । नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमलाई नेपाल पत्रकार महासङ्घले सहजीकरण गरेको थियो । 

नगरवासी आक्रोशित 

ढिलो सार्वजनिक सुनुवाइ गरिएको भनी नागरिक आक्रोशित थिए । नगरपालिकाको नीति तथा कार्यक्रममा समेटिएका कुरा कागजमै सीमित भएको धेरैले गुनासो गरेका छन् । 

पाटन–६ का चमनकुमार भण्डारीले भन्नुभयो, “हाम्रो नगरपालिकामा प्रशस्त काम नागरिकलाई झुक्याउने तवरले भएका छन्, जनगुनासो बढी आउँछ भनेर नै आजसम्म सार्वजनिक सुनुवाइ नभएको हो, आज भयो, यो पनि प्रक्रिया मात्रै पूरा गर्ने तवरले भएको छ, नगरपालिकामा जनप्रतिनिधि आएपछिको कामप्रति हामी नगरवासी सन्तुष्ट छैनौँ ।” 

पाटन नगर कार्यपालिकाले बनाएका नीति तथा कार्यक्रम कार्यान्वयन नभएको पाटन–८ का हरिश बिष्टले बताउनुभयो । पाटन नगरपालिकाको आव २०७४/७५ को बजेटमा तीन करोडभन्दा बढी रकम बेरुजु भएको पाइएको छ । रकम खर्च गर्दा अनियमितता भएको भन्दै यसप्रति पनि नागरिकले गुनासो गरेका छन् । उनीहरुले सरकारको नीतिका आधारमा हरेक तीन महीनामा सार्वजनिक सुनुवाइ गरी नगरपालिकाका कामबारे नागरिकलाई जानकारी गराउन आग्रह गरेका थिए । विगतमा विभिन्न समस्या र व्यस्तताका कारण केही काम समयमै पूरा हुन नसके पनि आगामी दिनमा भने सबै कार्यक्रम समयमै सम्पन्न गर्ने नगरप्रमुख केशवबहादुर चन्दले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फार्मेसी सञ्चालकलाई घाउ ड्रेसिङ गर्ने बहानामा बोलाएर हनिट्रयापमा पार्ने गिरोहका तीन जना पक्राउ वानएक्स वेट मार्फत सट्टेबाजी गराएको आरोपमा एकजना पक्राउ, ५५ करोड कारोबार दृष्टिविहीन विश्वकप क्रिकेट : पाकिस्तानसँग नेपाल पराजित सर्वोच्चद्वारा दुर्गा प्रसाईंलाई रिहा गर्न अस्वीकार, रिट खारेज रास्वपा प्रमुख सचेतक परियार र ओलीबीच भेटवार्ता: के-के भयो कुराकानी? रास्वपाका नेताविरुद्धको अवहेलना मुद्दा : सर्वोच्चले मगायो भाषणको पूर्णपाठ प्रधानमन्त्री ओलीसँग ४० सदस्यीय सरकारी टोली चीन जाने तय नेपाल एयरलाइन्सका पाइलटहरू काममा फर्किए धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठले कार्यभार सम्हाल्दै भने, ‘रोकिएको आईपीओ चाँडै निष्काशन गर्छौं’ पाकिस्तानका सोएब मकसुद एनपीएल खेल्न नआउने भएपछि जनकपुर बोल्ट्सलाई धक्का रास्वपाका प्रमुख सचेतक परियार र प्रधानमन्त्री ओलीबीच भेटवार्ता पोखरा एभेन्जर्सका चार विदेशी खेलाडी काठमाडौं आइपुगे एनपीएलका लागि क्यानले भित्र्यायो ६ विदेशी कमेन्टेटर, को-को हुन्? दुर्गा प्रसाईंलाई लगियो सर्वोच्च विद्युत बक्यौता तिर्न बाँकी रहेका उद्योगहरूको लाइन तत्काल नकाटिने प्रधानमन्त्री ओलीको चीन भ्रमण: यस्तो छ भ्रमण तालिका एनपीएल खेल्न नेपाल आइपुगे वाल्टन र बाबर एनपीएल उद्घाटन खेलको सबै टिकट ‘सोल्ड आउट’ एनपीएल २०२४ मात्र डिशहोम गो एप र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा आज बुधबार फेरी बढ्यो सुनको भाउ, तोलाको कति?