2026-09-08 02:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कास्की हुँदै म्याग्दीको पुनहिलसम्मको पदयात्रा प्रवद्र्धन र संरक्षणमा चासो

वासुदेव पौडेल | मङ्सिर १०, पोखरा (रासस) | कास्कीको अन्नपूर्ण गाउँपालिकाका विभिन्न स्थान हुँदै म्याग्दी जिल्लाको पुनहिलसम्मको पदयात्रा मार्गको प्रवद्र्धन र संरक्षणमा यस क्षेत्रका सरोकारबालाले चासो देखाएका छन् । 

जथाभावी बाटो खन्ने क्रमसँगै पदयात्रा मार्ग छोटिँदै गएको वास्तविकतामा गाउँपालिका, नेपाल पर्यटन बोर्डजस्ता सरोकारवाला निकायले यसको प्रवद्र्धन र विकासमा चासो दिएका हुन् । अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकबाट टाडापानी, घोरेपानी हुँदै म्याग्दीको पुनहिल पुगिन्छ । हरिया जङ्गलको बीचबाट चाँदीजस्तै टलक्क टल्कने हिमाल हेर्दै पदयात्रा गर्न सकिनु यस मार्गको विशेषता भएको अन्नपूर्ण गाउँपालिका प्रमुख युवराज कुँवरले बताउनुभयो । 

यो पदयात्रा मार्गमा आउने पर्यटक पोखराबाट नयाँपुल–वीरेठाँटी, घान्द्रुकबाट घोरपानी हुँदै पुनहिल पुग्छन् भने अर्कोबाटो उल्लेरी–तिखेढुङ्गा–घोरेपानी हुँदै पुनहिल पुग्दछन् । हिमाली दृश्यावलोकनसहित गुरुङ र मगर संस्कृति नियाल्दै पदयात्रा गर्न सकिने यस मार्गमा पर्यटकले तीनदेखि चार दिन बिताउने गरेको पाइन्छ । 

पर्यटकको बढ्दो आकर्षणलाई दृष्टिगत गरी गाउँपालिकाले पदयात्रा मार्गको स्तरोन्नति, होटल व्यवस्थापनलगायतका विषयलाई प्राथमिकतामा राखी अघि बढेको कुँवरले जानकारी दिनुभयो । तीन दिनको पदयात्रा गरिने यस मार्गको अन्तिम गन्तव्य पुनहिल हो । समुद्री सतहबाट तीन हजार २१० मिटर उचाइमा रहेको यस स्थानबाट आँखाले अन्नपूर्ण, धौलागिरि हिमाल नियाल्न सकिन्छ । त्यस्तै यहाँबाट बाह्रपिकअन्तर्गत पर्ने नीलगिरि अन्नपूर्ण प्रथम आकर्षक देखिन्छ । यहाँबाट सबैभन्दा नजिकै देखिने ठूलो हिमाल अन्नपूर्ण साउथ हो भने हिउँचुली, माछापुच्छ«े हिमाल पनि यहाँबाट देखिन्छ । 

पछिल्ला वर्षमा विदेशी मात्र नभई नेपाली युवामा पनि पदयात्राप्रति आकर्षण बढेको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले बताउनुभयो । उहाँका अनुसार पदयात्रा पर्यटनमा बढिरहेको आकर्षणलाई दृष्टिगत गरी बोर्डले विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम अघि बढाएको छ । 

पदयात्रा मार्गको अवस्था एवं त्यहाँ पर्यटकले पाएका सेवा सुविधालगायतका विषयमा अध्ययन अनुसन्धान गर्ने गरी घान्द्रुक–टाडापानी–घोरेपानी हुँदै पुनहिलसम्म आजैदेखि बोर्डका प्रतिनिधिसहित सञ्चारकर्मीको अध्ययन भ्रमण गराउन लागिएको उहाँले जानकारी दिनुभयो । 

विश्वको प्रख्यात पर्यटक लोन्ली प्लानेटले नेपालमा घुम्नै पर्ने १० पर्यटकीय गन्तव्यका रुपमा घान्द्रुक–घोरेपानी–पुनहिललाई सूचीकृत गरेसँगै पछिल्ला समयमा अत्यधिक पर्यटक यस मार्गमा पुग्ने गरेका छन् । 

यस वर्षको दशैँपछि दैनिक ठूलो सङ्ख्यामा पर्यटक यस पदयात्रा मार्गमा पुग्ने गरेको जनाइएको छ । स्वदेशी पर्यटकका साथै चीन, मलेसिया, बेल्जियम, इटाली, जर्मन, इजरायललगायतका देशबाट यस मार्गमा पदयात्रा लागि पर्यटक आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता