2026-09-13 06:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

चार वर्षसम्म छाप्रोमै वास

मङसिर १०, रामपुर | पाल्पाको निस्दी गाउँपालिका–४ मित्यालका खड्गबहादुर खण्डलुकको परिवार २०७२ साल वैशाख १२ गतेको भूकम्पले घर भत्काएपछि छाप्रोमा बस्दै आउनुभएको छ । 

सरकारले पूर्णरुपमा क्षति भएका घर निर्माणको निम्ति अनुदान रकम उपलब्ध गराउँदै आए पनि खण्डलुकको परिवार भने छाप्रोमै बस्न बाध्य छ । अहिलेसम्म सरकारले दिएको पहिलो किस्ताको रु ५० हजार पाए पनि दाजुभाइको आन्तरिक कुरा नमिल्दा घर निर्माण हुन नसकेको स्थानीयवासी सन्तवीर सुनारीले जानकारी दिनुभयो । 

भूकम्प अनुदानको बैंक खाता दाजु गसबहादुर खण्डलुकको नाममा रहेकाले घर निर्माणमा समस्या भएको खण्डलुकको गुनासो छ । समुद्री सतहदेखि करीब एक हजार ५०० को उचाइमा रहेको मित्याल पाल्पामा बाह्रै महीना निकै चिसो हावा चल्छ, “न गतिलोसँग शित छेकिने छाना छ, न ओढ्ने, नै लगाउने बाक्लो कपडा छ, जाडो महीना शुरु भयो, मरिन्छ कि क्या हो” खड्गबहादुरले भन्नुभयो । 

“चारैतिर टिनका टुक्राले गाँसिएको छाप्रोमा रातिमा तप्पतप्प शितका थोपा आँखामा पर्छ निदाउन सकिंदैन् । मजदूरी गरेर खानसम्म जुटाएको छु”, खण्डलुकले बताउनुभयो । 

निस्दी गाउँपालिका कार्यालय प्राङ्गणको आडैमा रहेको खण्डलुकको परिवारको दयनीय अवस्था देखेर गाउँपालिकाले रु २५ हजार सहयोग गरेको छ । ‘‘भूकम्प गएको चारवर्ष बितिसक्यो, तीन छोरा र चार छोरी र श्रीमती गरी नौ जनाको परिवार यही घरमा बस्दै आएका छौँ’’ उहाँले भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले