2026-09-08 02:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कंचनपुरको झिलमिला ताल ओझेलमा

मङ्सिर ११, भीमदत्तनगर (रासस) | कञ्चनपुरको उत्तरी क्षेत्र चुरेमा रहेको धार्मिक पर्यटनको झिलमिला ताल संरक्षणको अभावले सङ्कटमा पर्दै गएको छ । पर्याप्त प्रचारप्रसार हुन नसक्दा झिलमिला ताल ओझेलमा परेको छ । 

चुरे पहाडमा रहेको ताल सदरमुकाम महेन्द्रनगरदेखि करीब २५ किलोमिटरको दूरीमा पर्छ । एक किलोमिटर लम्बाइ र ३०० मिटर चौडाइ रहेको उक्त तालमा भक्तजन पूजाअर्चनाका लागि जाने गर्छन् । पहाडले घेरिएको ताल वर्षात्का बेला आउने बाढी पहिरोका कारण सङ्कटमा परेको छ । तालको क्षेत्र घटदै गएको छ । तालमा विभिन्न प्रजातिका माछासमेत पाइन्छन । घाम परे पानीको रङ्ग परिर्वतन हुने झिलमिलामा पूजाअर्चना गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । 

भीमदत्त नगरपालिका–९ का लालबहादुर विष्ट प्रचारप्रसारका अभावका कारण ताल ओझेलमा परेको बताउनुहुन्छ । “सरकारी निकायको ध्यान संरक्षणतर्फ जान सकेन,” उहाँले भन्नुभयो, “झिलमिला ताल धार्मिक पर्यटनको महत्वपूर्ण स्थल हो ।” तालमा पूजाअर्चनाका लागि भारतीय भक्तजनसमेत आउने गरेका छन् । 

द्वापर युगमा १२ वर्ष बनवास र एक वर्ष गुप्तवास बस्ने क्रममा पाण्डवको बास महाभारत पर्वतमा भएको र त्यस बेला महाभारत पर्वतमा हिँड्दै गर्दा द्रोपतीलाई तिर्खा लागेर बाटोमा मुर्छित भएपछि पाण्डवले पानीको पाउन सकेनन् । पानी नभेट्टाएपछि अर्जुनले वाण हानेपछि पानी जम्मा भएर झिलमिला ताल बनेको किवदन्ती छ । अहिले झिलमिलासम्म सघन सहरी विकास कार्यक्रमअन्तर्गत सडक निर्माण अघि बढाइएको छ । वन विभागले वातावरणीय प्रभाव मूल्याङ्कन गर्न गरेको ढिलाइका कारण केही समय सडक निर्माण प्रभावित भएको हो । 

भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले झिलमिला ताललाई पर्यटकीय गन्तव्य बनाउन ताराकोटमा चालु आर्थिक वर्षमा पाँच तले भ्यूटावर निर्माण थालिने बताउनुभयो । गुरुयोजना बनाएर ताल संरक्षणका लागि कार्यक्रम अगाडि बढाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता