पढ्न करिब 1 मिनेट लाग्छ

राम नारायण पंडित | मङ्सिर ११, सिरहा । सिरहाको मिर्चैयामा विशाल महाविर झण्डा मेला सुरु भएको छ । मिर्चैया नगरपालिका बडा नं. ५ स्थित संस्कृति संरक्षण सम्वद्धन तथा धर्मप्रतिको आस्था कायम राख्न र विश्व कल्याण गर्ने उदेश्यले आजदेखि सुरु भएको श्री श्री १०८ श्री महाविर झण्डा मेला महोत्सव मंसिर १७ गतेसम्म चल्ने छ । महोत्सबको पहिलो दिन आज महाबिरको झण्डा ठडयाईएको छ भने मिर्चैयामा बिशाल कलश शोभा–यात्रा गरिएको छ ।

गाँजाबाजा सहित मेला स्थलबाट निस्किएका कलश यात्रा नगरको बिभिन्न भागको परिक्रमा गर्दै स्थानिय बतहा खोलामा जल भरेर पुनः मेला स्थलमा पुगि स्थापित गरिएको छ । मेलामा महाविरको झण्डा ६० फिट अग्लो निर्माण गरिएको समितिका अध्यक्ष राजेन्द्र साहले बताए ।

मेला महोत्सवमा मनोरजंनका लागि सांस्कृतक कार्यक्रमको साथै झरनी, रामहिलोरा, सर्कस, मौतको कुवाँ लगायतका खेलतमाशाको आयोजना गरिएको समितिका कोषाध्यक्ष रुकेश साहले बताए ।

महोत्सवको मिडिया पार्टनर रेडियो धड्कन ८९.६ मेगाहर्ज मिर्चैया रहेको छ ।