६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

धरहरा पुन:निर्माण यसरी भईरहेको छ… (तश्वीर तथा स्थलगत भिडियो सहित)

१३ मंसिर २०७५, बिहीबार ११:०३

अनिल अधिकारी | मङ्सिर १३, काठमाडौँ | ऐतिहासिक सम्पदा धरहराको पुन: निर्माणको कामले तीब्रता लिएको छ । २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पले ध्वस्त भएको धरहराको संरचना पुन:निर्माणको काम केहि सातादेखि सुरु भएको हो । 

१८८२ सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाका पालामा बनेको धरहरा २ बर्षमा बनाउने गरि निर्माण कार्यलाई तीब्रता दिईएको निर्माण कम्पनी जिआइइटीसीले जनाएको छ । धरहराको पुन: निर्माण कार्य सुरु गरेसंगै सुन्धारा पुग्नेहरुको केहि समय निर्माण स्थलमै बित्ने गरेको छ । 


नयाँ बनाउन लागिएको धरहरा पहिलेको भन्दा अग्लो र ठूलो हुनेछ । पहिले मुगल शैलीमा बनाइएको धरहरा ६१.८८ मिटर अग्लो थियो भने अब गुम्बज शैलीमा बन्ने धरहरा पहिलेको भन्दा झन्डै १० मिटर अग्लो अर्थात ७२ मिटर अग्लो हुनेछ ।


त्यस्तै पहिले ९ तलाको धरहरा अब भने २२ तलाको हुनेछ । बाहिरबाट ११ तलाकोजस्तो र पुरानै धरहरा झैँ लाग्छ, तर भित्र निकै अत्याधुनिक हुनेछ । अब बन्ने धरहरा अपांग मैत्री हुनेछ, जसको लागि दुईवटा लिफ्टको मद्धतले धरहरा चढ्न पाइनेछ । त्यस्तै पैदलनै चड्न चाहनेहरुको लागि २ वटा भर्याङ हुनेछन् ।

पहिले करिव ५ रोपनीमा मात्र रहेको धरहरा परिसर अब ४२.२ रोपनीमा फैलनेछ । जसमा हाल गोश्वारा हुलाक कार्यालय भएको स्थानमा ३ तले सवारी पार्किङ स्थल समेत बन्नेछ । ऐतिहासिक सुन्धाराको धारालाई सामान्य मर्मत गरिनेछ, त्यसको पुरातात्विक महत्वलाई बिग्रन नदिई त्यस ठाउँलाई रमरणीय बनाइने छ । यति मात्र नभई धरहरा परिसरमा संग्राहलय, पार्किंग र क्यान्टिन समेतको सुविधा हुनेछ ।

धेरैको बुझाई छ कि धरहरा पहिलेकै स्थानमा बन्छ, तर त्यसो हैन भूकम्पले भत्किएर बाँकी रहेको धरहराको ठुटोलाई 'टेम्पर ग्लास' ले छोपेर जस्ताको तस्तै सुरक्षित राखिनेछ । यसको मतलव हाल भग्नावशेष रहेको धरहराको भागलाई संरक्षण गरि १० मिटर पश्चिमतर्फ अर्थात पुरानो संरचना अनुसार पुरानो धरहराको गेट अगाडी नयाँ धरहरा निर्माण हुनेछ । अबको केहि दिनमै पुरानो धरहराको ठुटोलाई प्लास्टिकभन्दा बलियो सिपोलियन ओडाएर तत्कालका लागि संरक्षण गर्ने र छेउमा अर्को धरहरा बनेपछि यसलाई 'टेम्पर ग्लास' भित्र राखिनेछ ।

अब बन्ने धरहरा प्रवेश गर्ने गेट हाल गोस्वारा हुलाक रहेको स्थानमा हुनेछ । त्यहाँबाट गएपछि दुई तलामुनि गएर लिफ्टबाट २२ तलाको धरहराको माथिल्लो भागमा पुगिनेछ । 

जिआइइटीसी कम्पनीले ३ अर्व ४८ करोड रुपयाँ कुल लागत खर्चमा धरहरा निर्माणको जिम्मा पाएको हो । 

तस्वीरमा हेर्नुहोस् धरहरा पुन:निर्माण जारी छ… 


तस्वीर: अनिल अधिकारी (सास/काठमाडौँ) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता