२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

गड्डाचौकी सडक किनारमा राखिएका खोका छाप्रा हटाइए

१३ मंसिर २०७५, बिहीबार १६:४२

मङ्सिर १३, महेन्द्रनगर | पूर्व पश्चिम राजमार्गको महेन्द्रनगर गड्डाचौकी सडक खण्ड किनारमा राखिएका खोका छाप्रा हटाइएका छन् । भीमदत्त नगरपालिका वडा नं. ४ वडा कार्यालयले प्रहरीको सहयोगमा नेपाल विद्युत प्राधिकरण कार्यालयदेखि सडक डिभिजन कार्यालय कार्यालयसम्मका खोका छाप्रा हटाएको हो ।

वडा नं. ४ का वडा अध्यक्ष लक्ष्मीदत्त बोहराले सडक किनारमा राखिएका खोका छाप्राले सडक ट्राफिक व्यवस्थापनमा समस्या आएपछि खोका छाप्रा हटाएर सडक किनार खाली गरिएको बताए ।

‘सडक किनारमा राखिएका खोका छाप्राले सवारी सञ्चालनमा समस्या आयो, सवारी दुर्घटनाको जोखिम देखियो’ वडा अध्यक्ष बोहराले भने,‘ट्राफिक व्यवस्थापनका लागि खोका छाप्रा हटाएका हौ ।’

विद्युतदेखि सडक डिभिजन कार्यालयसम्म राखिएका एक दर्जन खोका छाप्रा हटाइएको वडा अध्यक्ष बोहराले जानकारी दिए ।

सडक किनारका चार खोकालाई नगरपालिका कार्यालयमा ल्याइएको छ भने अन्य खोका छाप्रा व्यवसायी आफैंले हटाएर लगेका छन् ।

वडा अध्यक्ष बोहराको नेतृत्वमा वडा प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले खोका छाप्रा हटाउन सहयोग गरेको छ ।

वडा कार्यालयले यस अघि सडक किनारका खोका छाप्रा हटाउन ३५ दिने सूचना सार्वजनिक गरेको थियो । वडा कार्यालयले दिएको समय अवधिभित्र खोका छाप्रा नहटाएपछि अध्यक्ष बोहराको नेतृत्वमा हटाएको हो ।

‘ती संरचना हटाउन ३५ दिने सूचना सार्वजनिक निकालेका थियौ, त्यस अनुसार खोका छाप्रा हटाइएन’ उनले भने,‘तोकिएको समयभित्र नहटाएपछि आज हटाएका हौ ।’


वडा अध्यक्ष बोहराले सडक किनार र बजार क्षेत्रमा अव्यवस्थित रुपमा राखिएका सबै खोका छाप्रा हटाइने जानकारी दिए ।

महेन्द्रनगर बजार क्षेत्रमा अव्यवस्थित रुपमा राखिएका ठेला होटेल ओपेरा पश्चिमको कर्मचारी मिलन केन्द्रमा व्यवस्थापन गरिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो