<p>मङ्सिर १४, घोराही | घोराही उपमहानगरपालिका– १३ को सेवा खोला पुल नजीक गए राति एक व्यवसायीको हत्या भएको छ । घोराहीको वडा नं १४ माथिल्लो बसपार्क नजीक हार्डवेयर व्यवसाय सञ्चालन गर्दै आएका रोल्पाका ४९ वर्षीय नन्दबहादुर पुनको हत्या भएको प्रहरीले जनाएको छ । <br></p><p>जिल्ला प्रहरी कार्यालयका प्रमुख वेलबहादुर पाण्डेका अनुसार हिजो बेलुकी करीब ८ बजेतिर घर्ती बेवारिसे अवस्थामा फेला परेपछि उहाँको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो । हत्यामा संलग्न भएको आशङ्कामा हिजै साँझ प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको गरेको र उनी अनुसन्धानकै क्रममा रहेको प्रमुख पाण्डेले बताउनुभयो । हत्या भएका घर्तीको टाउको, छातीमा ठूलो घाउ थियो । </p>
रोल्पाका एक व्यवसायीको हत्या, संलग्नको आशंकामा एक व्यक्ति दाङबाट पक्राउ
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

