२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पामा स्वास्थ्य परीक्षण शिविरबाट २ सय ४० जनाले सेवा लिए

१४ मंसिर २०७५, शुक्रबार ०७:१९

मङ्सिर १४, बेझाड | पाल्पाको माथागढी गाउँपालिका– ५ को हात्तिलुङमा सञ्चालन भएको स्वास्थ्य परीक्षण शिविरमा यहाँका २४० जना नागरिकले सेवा लिएका छन् । शिविरमा १४५ महिला, ७८ पुरुष र १७ बालबालिकाले सेवा लिएका हुन् । 

शिविरमा क्याप्टेन डा विजयप्रकाश श्रीवास्तव र डा झपिन्द्र ढकालसहितको टोलीले स्वास्थ्य परीक्षण तथा उपचार सेवा दिनुभएको हो । नेपाली सेना गोरखदल गण पाल्पाले गाउँपालिकाको व्यवस्थापन र समन्वयमा सैनिक नागरिक सम्बन्ध सुदृढ गर्ने उद्देश्यले शिविर आयोजना गरेको हो । 

शिविरमा मुटु, मधुमेह, पेटसम्बन्धी उपचार गरिनुका साथै निःशुल्क औषधिसुमेत वितरण गरिएको छ । ग्रामीण क्षेत्रका जनतालाई सहज स्वास्थ्य सेवा दिन शिविर आयोजना गरिएको पालिका अध्यक्ष सन्तोष थापामगरले बताउनुभयो । स्थानीयस्तरमै स्वास्थ्य परीक्षण गराउन पाउँदा यहाँका नागरिक खुशी भएका छन् । 

सिटी क्लिनिक सेवा सञ्चालन 

यसैबीच कालीगण्डकी आँखा उपचार केन्द्र, रामपुरले सिटी क्लिनिक सेवा सञ्चालन गरेको छ । केन्द्रले कर्मचारी, विद्यार्थी, शिक्षकलाई कार्यालय समयबाहेक आँखा उपचार सेवा उपलब्ध गराउन बेझाड बजारबाट बिहान साँझ सिटी क्लिनिक सेवा सञ्चालन गरेको केन्द्रका अध्यक्ष हुतराज पोखरेले बताउनुभयो । 

रामपुर नगरपालिका– ७ किसानबारीमा रहेको आफ्नै भवनबाट सेवा दिएको केन्द्रले यसै वर्षदेखि सिटी क्लिनिक सेवा शुरु गरेको हो । सिटी क्लिनिक सेवाप्रति अहिले सेवाग्राहीको आकर्षण बढ्दो छ । केन्द्रले बेझाड बजारदेखि शुरु गरेको क्लिनिक सेवाले कर्मचारीलाई ठूलो सहयोग मिलेको सेवाग्राही सुमित्रा रेग्मी बताउनुहुन्छ । 

क्लिनिक सेवाबाट दैनिक १० बढी बिरामीले आँखा जाँच तथा उपचार सेवा लिएको प्राविधिक अजयकुमार पाल बताउनुहुन्छ । यहाँ पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासीलगायतका क्षेत्रका स्थानीयवासीले सेवा लिँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य