२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

न्यायको खोज्दैं जनता ‘सरकार भेटियो न्याय भेटिएन’

१४ मंसिर २०७५, शुक्रबार १५:४३

भास्कर के.सी | मङ्सिर १४, कञ्चनपुर | साउन १० गते बलात्कार पछि हत्या भएकी निर्मला पन्तलाई अहिलेको सरकारले न्यायको अनुभुति दिन नसकेको भन्दै कञ्चनपुरका अधिकारकर्मी, स्थानिय वासिन्दा र निर्मलाका आफन्तले आज कञ्चनपुरको विभिन्न भाग र भीनपाको बजार क्षेत्रमा सरकार भेटियो न्याय भेटिएन भन्ने पोष्टर टाँस्सेका छन् । 

बहिनीको हत्या भएको चार महिना वितिसक्दा पनि अहिले सम्म अपराधी पत्ता लगाउन नसकेकोले यो सरकारलाई थप दवाब दिन र अपराधी पता लगाई बहिनी लाई न्याय दिलाउनको लागि आफु पनि पोष्टर टास्दै  न्यायको माग गर्दै हिडेको दिदी मनिषा पन्तले बताईन । 


अहिले सरकारले काठमाडौंका बिजुलीको पोलपोलमा नयाँ युगको सरकार भन्दै पोष्टर टास्दै हिडको छ । जब गरीब निमुखा जनता बलात्कृत भएर मरिरहेका छन्, न्याय माँग्दा न्याय पाँउदैनन् के यही हो नयाँ युग ? जनतालाई न्याय दिनुको साटो न्यायको लागि लडिरहेका राज्यको चौथो अंग मिडियामा रोक लगाउनु, मिडिया माथी अत्याचार गर्नु, ज्यादती गर्नु, खुल्लम खुल्ला गुण्डागर्दी गर्नु, निर्मलाको हत्यारालाई आफनो कुर्सीको वरिपरी लुकाउनु, भएन भनेर निर्मलाको हत्याको समाचारमा सरकारी मिडियामा रोक लगाउने  जस्ता घृणित कार्य गरेको भन्दै अधिकारकर्मी शारदा चन्दले रोष व्यक्त गर्नु  भयो । 


नेपाली जनताले ‘सरकार भेटियो न्याय भेटिएन’ भन्ने अभियानले सरकारलाई केही लाज लागेर अपराधी सार्वजनिक गर्छ की ? न्याय पाइन्छ की ? भन्ने कुरा नागरिक दवाब मुलक सर्घष समितिको संयोजक मिना भण्डारीले बताईन । 

त्यसैगरी विपल्ब नेकपाले निर्मला पन्तको न्यायको लागि भन्दै मंसिर १६ गते दिउसो १२ बजे कञ्चनपुरको पुरानो जिल्ला कार्यालय अगाडि बाट जनपर्दशन गर्ने भएको छ । 

भिडियो हेर्नुहोस्: 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की