2026-09-14 10:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

न्यायको खोज्दैं जनता ‘सरकार भेटियो न्याय भेटिएन’

भास्कर के.सी | मङ्सिर १४, कञ्चनपुर | साउन १० गते बलात्कार पछि हत्या भएकी निर्मला पन्तलाई अहिलेको सरकारले न्यायको अनुभुति दिन नसकेको भन्दै कञ्चनपुरका अधिकारकर्मी, स्थानिय वासिन्दा र निर्मलाका आफन्तले आज कञ्चनपुरको विभिन्न भाग र भीनपाको बजार क्षेत्रमा सरकार भेटियो न्याय भेटिएन भन्ने पोष्टर टाँस्सेका छन् । 

बहिनीको हत्या भएको चार महिना वितिसक्दा पनि अहिले सम्म अपराधी पत्ता लगाउन नसकेकोले यो सरकारलाई थप दवाब दिन र अपराधी पता लगाई बहिनी लाई न्याय दिलाउनको लागि आफु पनि पोष्टर टास्दै  न्यायको माग गर्दै हिडेको दिदी मनिषा पन्तले बताईन । 

अहिले सरकारले काठमाडौंका बिजुलीको पोलपोलमा नयाँ युगको सरकार भन्दै पोष्टर टास्दै हिडको छ । जब गरीब निमुखा जनता बलात्कृत भएर मरिरहेका छन्, न्याय माँग्दा न्याय पाँउदैनन् के यही हो नयाँ युग ? जनतालाई न्याय दिनुको साटो न्यायको लागि लडिरहेका राज्यको चौथो अंग मिडियामा रोक लगाउनु, मिडिया माथी अत्याचार गर्नु, ज्यादती गर्नु, खुल्लम खुल्ला गुण्डागर्दी गर्नु, निर्मलाको हत्यारालाई आफनो कुर्सीको वरिपरी लुकाउनु, भएन भनेर निर्मलाको हत्याको समाचारमा सरकारी मिडियामा रोक लगाउने  जस्ता घृणित कार्य गरेको भन्दै अधिकारकर्मी शारदा चन्दले रोष व्यक्त गर्नु  भयो । 

नेपाली जनताले ‘सरकार भेटियो न्याय भेटिएन’ भन्ने अभियानले सरकारलाई केही लाज लागेर अपराधी सार्वजनिक गर्छ की ? न्याय पाइन्छ की ? भन्ने कुरा नागरिक दवाब मुलक सर्घष समितिको संयोजक मिना भण्डारीले बताईन । 

त्यसैगरी विपल्ब नेकपाले निर्मला पन्तको न्यायको लागि भन्दै मंसिर १६ गते दिउसो १२ बजे कञ्चनपुरको पुरानो जिल्ला कार्यालय अगाडि बाट जनपर्दशन गर्ने भएको छ । 

भिडियो हेर्नुहोस्: 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले