2026-09-14 10:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलाका मनिष जोशीले ड्रोन उडाए

मङ्सिर १५, दार्चुला (रासस) | महाकाली नगरपालिका– ५ घर भएका १६ वर्षका युवक मनिष जोशी महेन्द्र नमूना उमावि खलङ्गामा कक्षा १० मा अध्ययनरत छन् । सानैदेखि विज्ञान र अनुसन्धानमा सोखिन जोशीले विज्ञानमा नयाँ–नयाँ प्रयोग गर्दै आएकाले अहिले चर्चामा छन् । 

विज्ञान विषयअन्तर्गत उनले बम डिस्पोजलको सफल परीक्षणपछि अहिले स्थानीय सामग्रीको प्रयोग गरी ड्रोन क्यामरा बनाएका छन् । आफ्नै विद्यालयमा भएको शैक्षिक सामग्री प्रदर्शनी एवं प्रतिभा पहिचान कार्यक्रममा ड्रोन क्यामरा बनाएर उडाएपछि उनले सबैको ध्यान खिचेका छन् । 

रिमोट कन्ट्रोलको माध्यमबाट क्यामरालाई नियन्त्रण गरिने यस प्रविधिमा घरायसी वस्तुको प्रयोग गरिएको छ । “गुगलमा ड्रोन क्यामरा बनाउने प्रविधि हेरेरै एक हप्तामा क्यामरा तयार गरेको हुँ”, जोशीले भन्नुभयो । 

सानैदेखि विज्ञान विषयमा रुचि रहेको र नयाँ खोज अनुसन्धानमा उनको रुचि छ । “विज्ञानमार्फत नयाँ प्रविधिमा रम्न रुचाउँछु”, उहाँले भन्नुभयो, “ड्रोन क्यामराको लागि चाहिने मोटर काठमाडौँबाट मगाएर बनाएको हुँ ।” 

गत वर्ष प्रतिभा पहिचान कार्यक्रमअन्तर्गत उनले दार्चुलामा भएको कार्यक्रममा बम डिस्पोजल सामग्री बनाएका थिए । जसको कारण जिल्लामा मात्र नभएरै प्रदेशमै उत्कृष्ट भएका थिए । 

जोशीले एकपछि अर्को विज्ञानमा देखाएको प्रदर्शनले विद्यालयको मात्र नभई समग्र जिल्लाको पहिचान गराएको विद्यालयका शिक्षक जयराज जोशीले बताउनुभयो । दुई चार वर्षयता विद्यालयमा प्रतिभावान विद्यार्थी देखिँदै आएका छन् । शुरुमा विद्यार्थीलाई विज्ञानमा खोजी गर्न आफैले सामग्री व्यवस्थापनदेखि सबै क्रियाकलाप सिकाउनुपर्ने अवस्था थियो, तर हाल आएर विद्यार्थीले प्रतिस्पर्धात्मक रुपमा विज्ञानमा नयाँ प्रतिभा देखाइरहेका छन् । 

दुई वर्षअघि महेन्द्र नमूना मावि खलङ्गाका वीरेन्द्र बडाल र साहित्यमा गोविन्द डडालले राष्ट्रिय प्रतिभा पहिचानमा सहभागिता जनाएका थिए । गत वर्ष विद्यालयको तर्फबाट सहभागी भएका गणितमा धिरज भट्ट र विज्ञानमा मनिष जोशीले राष्ट्रिय प्रतिभा पहिचान कार्यक्रममा तृतीय स्थान हासिल गरेका थिए । भने साहित्यमा राजेन्द्रप्रसाद बडूले सान्तवना स्थान हासिल गरेका थिए । 

विद्यालयका प्रधानाध्यापक रामदत्त जोशीले भन्नुभयो, “गत वर्षको भन्दा अझै परिस्कृत रूपमा विज्ञानमा नयाँ खोज भएको छ । यसपटक राष्ट्रिय प्रतिभा पुरस्कारमा पहिलो स्थान हासिल गर्ने गरी विद्यार्थीले मेहनत गरेका छन् । 

– फाइल तश्वीर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले