Skip to content
Friday, July 17, 2026 Nepali Online Media

नवलपरासीमा रामग्राम महोत्सव हुने

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर १७, परासी | शान्तिका अग्रदूत भगवान गौतम बुद्धले आफैले महापरिनिर्वाण घोषणा गरेको दिनको सम्झनामा नवलपरासीमा फागुन ६ देखि ८ गतेसम्म ‘रामग्राम महोत्सव’ हुने भएको छ ।

बुद्धले वैशालीमा रहँदा आयुसंस्कारलाई त्यागी तीन महीनापछि आफ्नो परिनिर्वाण हुने भनी घोषणा गर्नुभएको थियो । बुद्धले माघ पूर्णिमाका दिन आफूले तीन महीनापछि वैशाख शुक्लपूर्णिमाका दिन महापरिनिर्वाण गर्ने भिक्षु आनन्दलाई सुनाउनुभएको त्रिपिटकमा उल्लेख छ । बुद्धले भारतको कुशिनगरमा महापरिनिर्वाण प्राप्त गर्नुभएको थियो । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका– ७ स्थित गौतम बुद्धको अष्टधातु रहेको रामग्रामस्तुप परिसरमा माघे पूर्णिमाका दिन रामग्राम महोत्सव आयोजना गर्न लागिएको रामग्रामस्तुप संरक्षण तथा पर्यटन विकास संस्थाका अध्यक्ष शम्भु उपाध्यायले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बुद्धको जन्म, बुद्धत्व प्राप्त गरेको दिन र महापरिनिर्वाण भएको दिन वैशाख शुक्लपूर्णिमाका दिन देश विदेशमा बुद्धजयन्तीको रुपमा मनाइने गरेपनि महापरिनिर्वाण घोषणा गरेको दिनलाई सम्झने गरी उत्सव मनाउने गरिएको छैन, त्यस दिनको सम्झना हुने र रामग्राम स्तुपको प्रवद्र्धन र महत्व पनि उजागर हुने गरी महोत्सव गर्न लागेका छौँ ।” महोत्सवमा भिक्षु सम्मेलन, भोजनदान, बुद्ध दर्शन, बुद्ध जीवनीमा आधारित बुद्ध लीलालगायत कार्यक्रम तथा अध्यात्मिक अभ्यासका लागि बुद्धले खोज गरेको आनापान ध्यान अभ्यासको शिविरसमेत सञ्चालन गरिने छ । स्तुप नजिकैको जलाशय व्यवस्थित गरी डुङ्गा सयर गराउने योजनासमेत रहेको उपाध्यायले बताउनुभयो ।

बुद्धको महापरिनिर्वाण पश्चात् उहाँको अस्थि आठ भाग लगाइएको थियो । मगध, वैशाली, कपिलवस्तु, अल्लकप्प, रामग्राम, वैप्दिप, पावा र कुशिनगरलाई अस्थि बाँडिएको थियो । बुद्धको मामावली तर्फका प्राचीन कोलिय गणराज्य(रामग्राम)का राजाले आफ्नो भागमा पाएको अस्थि ल्याएर रामग्राम स्तुपको रूपमा स्थापना गरेका थिए । कोलिय गणराज्यको राजधानी रामग्राम भएको हुँदा कोलिय राजाले बनाएको स्तुपलाई रामग्राम स्तुपको रूपमा चिन्ने गरिन्छ । सो जिल्ला सदरमुकाम परासीदेखि तीन किलोमिटर.दक्षिणतर्फको उज्जैनी गाउँमा पर्छ ।