२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा रामग्राम महोत्सव हुने

१७ मंसिर २०७५, सोमबार १०:४६

मङ्सिर १७, परासी | शान्तिका अग्रदूत भगवान गौतम बुद्धले आफैले महापरिनिर्वाण घोषणा गरेको दिनको सम्झनामा नवलपरासीमा फागुन ६ देखि ८ गतेसम्म ‘रामग्राम महोत्सव’ हुने भएको छ । 

बुद्धले वैशालीमा रहँदा आयुसंस्कारलाई त्यागी तीन महीनापछि आफ्नो परिनिर्वाण हुने भनी घोषणा गर्नुभएको थियो । बुद्धले माघ पूर्णिमाका दिन आफूले तीन महीनापछि वैशाख शुक्लपूर्णिमाका दिन महापरिनिर्वाण गर्ने भिक्षु आनन्दलाई सुनाउनुभएको त्रिपिटकमा उल्लेख छ । बुद्धले भारतको कुशिनगरमा महापरिनिर्वाण प्राप्त गर्नुभएको थियो । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका– ७ स्थित गौतम बुद्धको अष्टधातु रहेको रामग्रामस्तुप परिसरमा माघे पूर्णिमाका दिन रामग्राम महोत्सव आयोजना गर्न लागिएको रामग्रामस्तुप संरक्षण तथा पर्यटन विकास संस्थाका अध्यक्ष शम्भु उपाध्यायले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “बुद्धको जन्म, बुद्धत्व प्राप्त गरेको दिन र महापरिनिर्वाण भएको दिन वैशाख शुक्लपूर्णिमाका दिन देश विदेशमा बुद्धजयन्तीको रुपमा मनाइने गरेपनि महापरिनिर्वाण घोषणा गरेको दिनलाई सम्झने गरी उत्सव मनाउने गरिएको छैन, त्यस दिनको सम्झना हुने र रामग्राम स्तुपको प्रवद्र्धन र महत्व पनि उजागर हुने गरी महोत्सव गर्न लागेका छौँ ।” महोत्सवमा भिक्षु सम्मेलन, भोजनदान, बुद्ध दर्शन, बुद्ध जीवनीमा आधारित बुद्ध लीलालगायत कार्यक्रम तथा अध्यात्मिक अभ्यासका लागि बुद्धले खोज गरेको आनापान ध्यान अभ्यासको शिविरसमेत सञ्चालन गरिने छ । स्तुप नजिकैको जलाशय व्यवस्थित गरी डुङ्गा सयर गराउने योजनासमेत रहेको उपाध्यायले बताउनुभयो । 

बुद्धको महापरिनिर्वाण पश्चात् उहाँको अस्थि आठ भाग लगाइएको थियो । मगध, वैशाली, कपिलवस्तु, अल्लकप्प, रामग्राम, वैप्दिप, पावा र कुशिनगरलाई अस्थि बाँडिएको थियो । बुद्धको मामावली तर्फका प्राचीन कोलिय गणराज्य(रामग्राम)का राजाले आफ्नो भागमा पाएको अस्थि ल्याएर रामग्राम स्तुपको रूपमा स्थापना गरेका थिए । कोलिय गणराज्यको राजधानी रामग्राम भएको हुँदा कोलिय राजाले बनाएको स्तुपलाई रामग्राम स्तुपको रूपमा चिन्ने गरिन्छ । सो जिल्ला सदरमुकाम परासीदेखि तीन किलोमिटर.दक्षिणतर्फको उज्जैनी गाउँमा पर्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य