२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

अरिङ्गाल व्यवसायबाट बार्षिक डेढ लाखभन्दा बढी आम्दानी

१७ मंसिर २०७५, सोमबार १०:५२

मङ्सिर १७, पाल्पा | रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानका गम्भीर आलेले अरिङ्गालको व्यापार गर्नुहुन्छ भन्दा अनौठो मान्नु पर्दैन । विगत ६ वर्षदेखि उहाँले होटल रुपटपमा अरिङ्गालको ‘फ्राई’ बेच्दै आउनुभएको छ । अरिङ्गालको व्यापार गरेरै आलेले यस याममा रु ५० हजारभन्दा बढी आम्दानी गर्नुभयो । 

अरिङ्गालको परिकार निकै स्वादिलो हुन्छ । होटलमा अरिङ्गालको परिकार चाख्नका लागि ग्राहकको भीड लाग्छ । यही व्यापारबाट उहाँले मनग्य आम्दानी गरिरहनु भएको छ । “यस वर्ष अरिङ्गालले गोलो कम लगाएपछि आम्दानीमा कमी आयो,” उहाँले भन्नुभयो । गत वर्ष रु एक लाख ५० हजारभन्दा 

बढी आम्दानी भएको उहाँको भनाइ छ । अरिङ्गालको गोलोलाई निकै जोखिम मोलेर पोल्नुपर्ने हुन्छ । 

होटलमा ग्राहकले अरिङ्गालको परिकार बढी रुचाउने गरेका छन् । प्रतिकिलो अरिङ्गाल रु एक हजार २०० मा खरीद हुन्छ । आलेले एक प्लेट अरिङ्गालको परिकारलाई रु २५० मा बिक्री गर्नुहुन्छ । “ग्राहकको माग पूरा गर्न सकेका छैनौँ,” उहाँले भन्नुभयो । अरिङ्गालको परिकारले औषधिको काम गर्छ । सदरमुकाम तानसेन, पोखरा, काठमाडौँ, तम्घास, बुटवललगायत ठाउँबाट अरिङ्गालको माग हँुदै आएको छ । 

रिब्दीकोट गाउँपालिका–४, भारकोटका ज्ञानबहादुर आलेले हालसम्म १८÷१९ अरिङ्गालको गोला पोलेको बताउनुभयो । भैरवस्थानमा प्रतिकिलो अरिङ्गाललाई रु एक हजार २०० र तानसेनमा रु एक हजार रु ५०० मा बिक्री हुन्छ । अग्ला रुखमा अरिङगालले गोलो लगाउने भएकाले पोल्न समस्या हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य