२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा एचआइभी सङ्क्रमितको सङ्ख्या ५० पुग्यो

१८ मंसिर २०७५, मंगलवार ०६:१२

मङ्सिर १८, बर्दिवास | महोत्तरीमा एचआइभी सङ्क्रमितको सङ्ख्या ५० पुगेको छ । एचआइभी जाँचका लागि स्वेच्छिक रक्त परीक्षण र उपचार सेवा दिँदै आएको नेपाल परिवार नियोजन सङ्घले सो तथ्याङ्क हालै सार्वजनिक गरेको हो । 

सन् २००७ देखि एचआइभी र विभिन्न यौन रोगबारे परामर्श, स्वेच्छिक रक्तपरीक्षण र उपचार सेवासमेत दिँदै आएको सो परियोजनाले रक्तपरीक्षणका क्रममा सङ्क्रमित पहिचान खुलेको परियोजनाका प्रमुख धिरज पौडेलले जानकारी दिनुभयो । सन् २०१३ को प्रारम्भदेखि यस वर्षको सेप्टेम्बरसम्म एचआइभी जाँचका लागि रक्तपरीक्षण गर्न सेवाग्राही आएका थिए । 

सङ्क्रमितमध्ये ३१ पुरुष र १९ महिला छन् । वैदेशिक रोजगारीबाट फर्किएकाहरु सङ्क्रमित भएको पाइएको छ । “सङ्क्रमित ३१ पुरुष वैदेशिक रोजगारबाट फर्केको पाइएको छ,” उहाँले भन्नुभयो । सङ्क्रमितमध्ये पाँच बालबालिका छन् । “सङ्क्रमित बढीजसो भारत र मलेशियाबाट फर्केकाहरु छन्,” पौडेलले भन्नुभयो । यसैबीच स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका सामाजिक सङ्घसंस्थाले विदेशबाट फर्कनेलाई विमानस्थल र दुई देशीय सीमाक्षेत्रमा अनिवार्य एचआइभी परीक्षण गरेर मात्र प्रवेशको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो