Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

हुम्लाका जेष्ठ नागरिकलाई कम्मल वितरण

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>मङ्सिर १८, हुम्ला | अदानचुली गाउँपालिका–४ ले आफ्नो वडाका ७२ ज्येष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो कम्मल वितरण गरेको छ । वडाको सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिकलाई कम्मल वितरण गरेको वडाध्यक्ष विष्णु थापाले जानकारी दिनुभयो ।&nbsp;<br></p><p>वडा परिषद्ले चालु आर्थिक वर्षको वार्षिक बजेटबाट विनियोजन गरेको रु दुई लाख रकमले वडामा भएका ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्ग गरी ७२ लाई कम्मल वितरण गरेको हो । वडाभित्रका २२ जना ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक, २४ जना एकल महिला र परिचयपत्र भएका १३ जना अपाङ्गता भएका व्यक्तिलाई सोमबार कम्मल वितरण गरेको वडाध्यक्ष थापाले बताउनुभयो ।&nbsp;</p>