Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पाल्पाको एक विद्यालयमा एक लाखको अक्षयकोष स्थापना

By kit 3 मिनेट पढाइ

मङ्सिर १८, पाल्पा | पाल्पा जिल्लाको तानसेन नगरपालिका–९, दमकडास्थित दमकडा नमूना माध्यमिक विद्यालयमा न्यून दृष्टियुक्त व्यक्तिको अध्ययनरतमा सहयोग पुर्याउने उद्देश्यले अक्षयकोष स्थापना गरिएको छ ।

कतारको दोहामा बसोबास गर्दै आएको पाल्पालीको संस्था पाल्पाली सेवा समाजले तानसेन नगरपालिका–९, दमकडास्थित दमकडा नमूना माविमा रु एक लाख एक हजार १११ को अक्षयकोष स्थापना गरेको हो ।

समाजका पूर्वअध्यक्ष यमबहादुर विक, भरतबहादुर खत्री, कृष्ण सारुलगायतले विद्यालयका प्रधानाध्यापक मोहन सापकोटालाई नगद रु एक लाख हस्तान्तरण गर्नुभएको हो । समाजका पूर्वअध्यक्ष यमबहादुर विकले न्यून दृष्टियुक्त विद्यार्थीका लागि अक्षयकोष स्थापनाबाट केही मात्रा भए पनि राहत पुग्ने बताउनुभयो ।

विद्यालयका प्रअ सापकोटाले विदेशमा रहेर पनि जिल्लाप्रतिको सहयोगले समाज रुपान्तरणमा ठूलो सहयोग पुगेको बताउनुभयो ।

सन् २००७ मा स्थापना भएको उक्त समाजले जिल्लाका पाँच विद्यालयमा गरीब तथा विपन्न समुदायका विद्यार्थीलाई रु एक लाख १५ हजार बराबरको झोला वितरण गरेको थियो ।