2026-07-07 06:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीले धर्म फेरेको भन्दै प्रहरीमा उजुरी दिन पुगेपछि…

मङ्सिर १८, कामाठाडौँ | एकजना अधिवक्ता प्रधानमन्त्री केपी शर्मा ओलीले धर्म परिवर्तन गरेको आरोप लगाउँदै उजुरी दिन पुगेका छन् । तर उक्त उजुरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ । 

प्रधानमन्त्रीविरुद्ध उजुरी लिएर पुग्ने अधिवक्ता भूपेन्द्र पोखरेल हुन् । उनलाईलाई महानगरीय प्रहरी परिसर टेकुले आरोप पुष्टि नहुने भन्दै फर्काइदिएको छ। 

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका ओलीले धर्म परिवर्तन गरेको भन्दै हेटौंडा उपमहानगरपालिका–७ घर भइ काठमाडौंको हनुमानस्थान बस्दै आएको अधिवक्ता पोखरेल उजुरी लिएर पुगेका थिए । प्रम ओली र क्रिश्चियन धर्म प्रचारमा सक्रिय युनिभर्सल पिस फेडेरेशनका नेपाल प्रमुख एकनाथ ढकालविरुद्ध लगाइएको आरोप उजुरीबाट प्रमाणित नहुने बताएपछि अधिवक्ता पोखरेल फर्किएको परिसर प्रमुख एसएसपी वसन्त लामाले बताए । 

प्रहरीले उजुरी अध्ययन गरेपछि प्रममाथि लगाइएको आरोप पुष्टि नहुने बताउदै उक्त उजुरीलाई मुद्दा शाखामा छाडेर जानु भनेपनि ति अधिबक्ताले आफ्नो उजुरी बोकेर गएको प्रहरीले बताएको छ । 


ओली र ढकालविरुद्धको ति अधिवक्ताले ‘धर्म परिवर्तनको उद्योग’ सम्बन्धी अपराधमा सजाय माग गर्दै उजुरी दिएका थिए । गत मंसिर १३, १४, १५, १६ र १७ गते राजधानीमा भएको एसिया प्यासिफिक सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीले धर्म परिवर्तन गरेको आरोप लगाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने