२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मिर्चैयामा पतंजली योग समितिको भवन शिलान्यास

२०७५, १९ मंसिर बुधबार ०६:४६

राम नारायण पंडित | मंसिर १९, सिरहा । सिरहाको मिर्चैयामा पतंजली योग समितिको भवन एक कार्यक्रमकोबिच शिलान्यास गरिएको छ । योगलाई निरन्तारता दिनका लागि मिर्चैया नगरपालिका बडा नं. ८ स्थित भबनको सिरहा निर्वाचन क्षेत्र नं. ४ ‘क’ का प्रदेशसभा सदस्य दिलिप साहले मंगलबार शिलान्यस गरेका छन् । भवन शिलान्यास गर्दै  सांसद साहले संसदीय बिकास कोषको १४ लाख रकम भवन निर्माण लागि सहयोग गर्ने प्रतिबिद्धता ब्यक्त गरेका छन् । उक्त क्रममा भवन निर्माणका लागि बिभिन्न ब्यक्तिहरुले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका हुन् । 


भवनका लागि रामभरोस साह मेमोरियल ट्रष्ट मिर्चैयाका अध्यक्ष तथा समाजसेवी रामप्रताप साह (भोला) ले दुई कठ्ठा जग्गा दान गरेका छन् ।  जग्गाको अनुमानित मूल्य करिब ३० लाख रुपैयाँ रहेको बताइएको छ । भवनको निर्माण २०७५ भित्रै सम्पन्न गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ । 

मिर्चैया नगरपालिका बडा नं. ८ का वडाध्यक्ष जगत नारायण यादवको अध्यक्षता तथा सिरहा निर्वाचन क्षेत्र नं. ४ को ‘क’ प्रदेशसभाका सांसद दिलिप साहको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा पतञ्जली योग समिति प्रदेश नं. २ का प्रमुख हरिहर चौधरी, पतञ्जली योग समिति मिर्चैयाका अध्यक्ष अकलदेव सिंह, उपाध्यक्ष भरत महासेठ, सचिव रामप्रताप यादव, सल्लाहकार प्रदीप तिवारी, सिकिया यादब, सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाका डिएसपी गहेन्द्र बहादुर भण्डारी लगायत व्यापारी, बुद्धिजीवी, नागरिक समाज, स्थानीयबासी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

पतंजली योग समिति मिर्चैयाको आयोजना भएको कार्यक्रममा बिभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला