२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मोरङमा वर्षको पहिलो चौमासिकमा १४ करोड बढी खर्च

१९ मंसिर २०७५, बुधबार ०८:५६

मङ्सिर १९, विराटनगर । मोरङमा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा विभिन्न सडक योजनामा कूल रु १४ करोड ४० लाख ३२ हजार खर्च भएको सडक डिभिजन कार्यालय विराटनगरले जनाएको छ । 

कार्यालयका अनुसार बडङ्गा आमबारी उर्लाबारी सडकमा रु पाँच करोड १६ लाख ९८ हजार, रङ्गेली रोडको रामचोकबाट नहरको बाटो हँुदै सीमा सडकसम्मको बाटोमा रु एक करोड १६ लाख २३ हजार, तराई–मधेश सडक पूर्वाधार विशेष कार्यक्रममा रु छ करोड ३३ लाख २१ हजार, स्थानीय सडक पुल निर्माणमा रु ४५ लाख ८६ हजार, रणनीतिक सडक पुल निर्माण तथा पुल पुलेसामा रु २० लाख खर्च भएको छ । 

यस्तै, कोशी राजमार्गको तरहरा–भेडेटारमा रु १० लाख ३८ हजार, विराटनगर–सिङ्घीया–रङ्गेली–उर्लाबारी योजनामा रु १० लाख, कोशी राजमार्गको इटहरी–भेडेटार योजनामा रु एक लाख ३२ हजार, महेन्द्रराजमार्गको मावा–इटहरी–कोशी ब्यारेक योजनामा रु ५० लाख, घिनाघाट–विराटचोक सडकमा रु २० लाख, विराटनगर–रङ्गेली–उर्लाबारी सडकमा रु १६ लाख ७२ हजार र दुहवी–इनरुवा कप्तानगञ्ज सडकमा रु १० लाख खर्च भएको बताइएको छ । 

सोही अवधिमा डिभिजन कार्यालयले महेन्द्रराजमार्गको भन्टाबारी पुलमा रु २० लाख, कोशी कटानमा रु १० लाख, सेउती खोला पुलमा रु १० लाख र मोरङको धमना खोला पुलमा रु ४५ लाख ८५ हजार खर्च भएको कार्यालयका इञ्जिनीयर दुर्गा मण्डलले जानकारी दिनुभयो । 

यस्तै, डिभिजन कार्यालयबाटै रु आठ करोड ७४ लाख लागतमा २०७६ पुस मसान्त सम्ममा काम सम्पन्न गर्ने गरी गिताञ्जली कन्सट्रक्सनले लिएको सुनसरीको साहेवगञ्ज–सिमरिया सडकमा काम ३० प्रतिशत मात्र भएकोले कुनै पनि भुक्तानी नदिएको कार्यालयले बताएको छ । 

साथै, सुनसरीको साहेबगञ्जदेखि हनुमान इनरुवा सडकको २० किमी बाटो र कप्तानगञ्ज–जनताचोक लौकही सडक निर्माण गर्न रमणभूमि जयब्रदर्शले सडक निर्माण गर्न ठेक्का लिए पनि काम शुरु नभएकाले ठेकेदारलाई ताकेता भइरहेको जनाइएको छ । 

विकास निर्माणका कतिपय योजना क्रमागत रहेको र योजनामा प्रगति भएबमोजिम निर्माण कम्पनीलाई भुक्तानी दिँदै गएको इञ्जिनीयर मण्डलले जानकारी दिनुभयो । निर्माणमा गुणस्तरमा कुनै पनि सम्झौता नहुने र उपयुक्त देखिएमा मात्र भुक्तानी गर्न सिफारिस भइरहेको इञ्जिनीयर मण्डलको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने