2026-09-15 12:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासी पूर्वमा चार जना पक्राउ

मङ्सिर १९, कावासोती | जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत मध्यबिन्दु नगरपालिका–८ स्थित फूलबारीबाट लु१ख ७९८५ नंको बसमा लागुऔषध लुकाएर ल्याउँदै गरेको अवस्थामा भरतपुर महानगरपालिका–२१ का २८ वर्षीय अर्जुन सुनार, नवलपरासी रामग्राम नगरपालिका–८ का ३१ वर्षीय राममिलन केवट र भारत उत्तर प्रदेश भहाराजगञ्ज ठुटीबारी ग्राम लोहरौली घर भई रामग्राम–६ बस्ने ४१ वर्षीय अमरजित केवटलाई पक्राउ गरेको हो ।

उनीहरुका साथबाट नुफिन ५५ एम्पुल, फेनारगन ५५ एम्पुल, डाइजेपाम सेरिजेक ५५ एम्पुल, फेन्सेडिल १९९ बोतल, स्पास्मो प्रोक्सिभन प्लस लेखिएको २८८ ट्याब्लेट र नाइट्राभेटे ५९७ ट्याब्लेट बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।

यसैगरी लु१ख ६३९० नंको बसमा लागुऔषध लुकाएर ल्याउँदै गरेको अवस्थामा कावासोती–८ बाट प्रहरीले म्याग्दी साबिक ताकम एक धारापानी बस्ने २८ वर्षीय कुमार थापालाई पक्राउ गरेको छ । उनको साथबाट फेनारगन ४३ एम्पुल, नुफिन ४३ एम्पुल, डाइजेपाम सेरिजेक ४३ एम्पुल बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकालाई लागुऔषध ओसारपसारविरुद्धको मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रमेश थापाले बताउनुभयो ।-रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ