२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

‘काम र नाम छ, दाम छैन’

२० मंसिर २०७५, बिहीबार ०८:४८

राजेन्द्र पनेरु | मङ्सिर २०, कञ्चनपुर | निःस्वार्थ सेवा भावनाले काम गर्दै आएका कञ्चनपुरका महिला स्वास्थ्य स्वयंसेविकाले सामाजिक सुरक्षाको माग गर्न थालेका छन् । उनीहरुले बुढेसकालका लागि समाजिक सुरक्षाको माग गरेका हुन् । 

बिहानदेखि स्वास्थ्य सुधारका लागि स्थानीय बासिन्दाको घरदैलोमा पुग्ने महिला स्वयंसेविकाले सेवा भावनाले काम गर्दै आए पनि बाँच्नका लागि आर्थिक अभाव खेप्न बाध्य छन् । बिहानै एक छाक खाना खाएर सामाजिक कार्यका लागि घरबाट निस्कने कञ्चनपुर शुक्लाफाँटाका महिला स्वास्थ्य स्वयंसेविका पुष्पा केसीले भन्नुभयो, “साँझ पर्दा रित्तो हात घर फर्कंन्छौँ । हाम्रो पनि परिवार छ । खान लाउन पर्छ, त्यसका लागि सरकाले व्यवस्था गरिदिनु पर्छ ।” 

स्वास्थ्यका क्षेत्रमा समाजले कोल्टे फेरे पनि अझै महिला स्वास्थ्य स्वयंसेविकालाई हेर्ने दृष्टिकोणमा परिवर्तन नभएको उहाँको गुनासो छ । “महिला स्वयंसेविकाका लागि पैसा छुट्याउनु हुँदैन भनेर स्थानीय तहकै जनप्रतिनिधिले भन्ने गरेका छन्,” उहाँले भन्नुभयो, “प्रोत्साहनका लागिसमेत रकम नपाउने भए सामाजिक क्षेत्रमा खटन गाह्रो छ ।” 

“परिवार नियोजनका अस्थायी साधन बोकेर स्थानीय बासिन्दाको घरदैलोमा पुग्दा समाजमा नराम्रो दृष्टिकोणले हेरिन्छ,” स्वयंसेविका राजु रानाले भन्नुभयो, “जनसङ्ख्या नियन्त्रण गर्ने र सुखी परिवार बनाउनका लागि गरेको कार्य हेरिँदैन । समाजमा जनचेतना फैलाउने कार्यले स्वास्थ्यप्रतिको जागरुकता बढेको हेरिँदैन ।” 

“स्वास्थ्य प्रवद्र्धन गर्ने, जनचेतना फैलाउने, खोप लगाउने, मातृ र नवजात शिशु मृत्युदर घटाउने, कुपोषण हटाउने, सुत्केरी हुन स्वास्थ्य संस्था जान प्रोत्साहित गर्ने, सरुवा रोग नियन्त्रण गर्ने, व्यक्तिगत सरसफाइ र वातावरण सरसफाइबारे जनचेतना फैलाउने वचन दिएका छौँ,” अर्की स्वयंसेविका लक्ष्मी भट्ट भन्नुहुन्छ । 

उहाँले दिनरात खटिएर कामा गरेको र, अझै कार्य क्षेत्रमा खटिन तत्पर रहेको बताउनुभयो । “सामाजिक कार्यमा लागेपछि बूढेसकालमा बाँच्नका लागि सरकाले समाजिक सुरक्षा योजनामा महिला स्वयंसेविकालाई समेत समेटनुपर्छ, महिला स्वास्थ्य स्वयंसेविकाको नाम छ, काम छ, दाम छैन,” भट्टले भन्नुभयो । 

सुदूरपश्चिम प्रदेशसभा सदस्य लालबहादुर खड्काले महिला स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा परिवर्तन ल्याउन अहम् भूमिका खेलेको बताउनुभयो । “महिला स्वास्थ्य स्वयंसेविकाकै कारण बिरामी पर्दा अस्पताल जान सिक्यौँ,” उहाँले भन्नुभयो, “उहाँहरुको सम्मानका लागि प्रदेश सरकारले जीवन धान्ने गरी योजना ल्याउन लागेको छ ।” 

समृद्धि ल्याउनका लागि स्वास्थ्य र कृषिलाई जोडेर योजना बनाइने उहाँले बताउनुभयो । उहँले भन्नुभयो, “स्वयंसेविकाले समाजमा जुन विश्वास आर्जन गर्नुभएको छ त्यसकै आधारमा जीवनस्तर माथि उठाउने कार्यक्रममा सघाउ पु¥याउनोस्, सबैसँग बसेर योजना बनाई त्यसकै आधारमा अगाडि बढ्ने प्रयत्न प्रदेश सरकारले गर्नेछ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो