2026-09-08 02:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

पर्यटन पदमार्गको पहिचान तथा नक्साङ्कन शुरु

मङ्सिर २०, काठमाडौँ | सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले पर्यटन प्रवद्र्धन गर्न नगरपालिकाभित्रका मुख्य पर्यटकीय आकर्षणको केन्द्र तथा पदमार्गहरुको पहिचान तथा नक्साङ्कन शुरु गरेको छ । 

पर्यटनको क्षेत्रमा काम गरिरहेको इटालियन संस्था स्याटसँग मिलेर गरिमा भोयज ट्राभल्स एण्ड टुर्स प्रालिको सहजीकरणमा मेलम्ची नगरपालिकाका विभिन्न स्थानमा पर्यटन पदमार्गको नक्साङ्कन गरिएको प्रालिका प्रबन्ध निर्देशक रवीन्द्र अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार यही मङ्सिर छ देखि १२ गतेसम्म इटालीका पर्यटनविज्ञ र मेलम्ची नगरपालिकाले पर्यटकीय आकर्षणका केन्द्र र पदमार्गहरुको नक्साङ्कन गरेको हो । 

मेलम्ची नगरमा पर्यटन र कृषिको माध्यमबाट मेलम्चीलाई समृद्धितर्फ कसरी उन्मुख गराउन सकिन्छ भन्ने उद्देश्यले सो नक्साङ्कन कार्य गरिएको हो । काठमाडौँबाट २२ किमीको दूरीको भोटेचौर पातले छाँगो, चमेरे गुफालगायत अन्य चार महत्वपूर्ण गुफाको नक्साङ्कन गरिएको छ । 

नगरपालिकाको तपचुली डाँडा अर्को आकर्षण केन्द्र हो । यहाँ इलामको कन्याम बिर्साउने चिया बगान छ । चिया बगानबाट केही समयको यात्रापछि हैबुङग हँुदै चिसापानी डाँडामा पुग्न सकिन्छ । चिसापानीबाट चारैतिर मनोरम हिमालका दृश्य देख्न सकिन्छ । 

टोलीले भोदेचौरदेखि थाना भञ्ज्याङगढीसम्म पनि नयाँ पर्यटन पदमार्गको पहिचान गरेको छ । गढी पृथ्वीनारायण शाहले युद्ध लडेको ऐतिहासिक स्थान हो । उक्त गढी संरक्षणका लागि नगरपालिकाले पुरातत्व विभागसँग समन्वयन गरी ऐतिहासिक कुराको खोजी गरिने मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले बताउनुभयो । नगरपालिकाले पर्यटकीय केन्द्रको अलावा आगामी दिनमा पर्यटकीय पदमार्गको नक्साङ्कन गर्दै जाने प्रमुख अर्यालले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता