2026-09-13 02:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

जलेश्वर भन्सारमा प्रभुको बैंकिङ सेवा सुरु

मङ्सिर २०, गौशाला | महोत्तरीको मूल भन्सारका रुपमा रहेको जलेश्वर भन्सार कार्यालय परिसरमा प्रभु बैंकले बैंकिङ सेवाको थालनी गरेको छ । 

प्रभु बैंकले भन्सार कारोवारलाई मद्दत गर्ने उद्देश्यले एक्सटेन्सन काउण्टर स्थापना गरेर सञ्चालनमा ल्याएको भन्सार कार्यालयका प्रमुख केशव भण्डारीले बताउनुभयो । जलेश्वर भन्सार कार्यालय निक्कै पुरानो रहे पनि त्यहाँ बैंकिङ सेवा नहुँदा निक्कै अप्ठ्यारो, असहज र जोखिम महसुस भइरहेका अवस्थामा प्रभु बैंकले काउन्टर थपिदिँदा भन्सार कारोवारमा सहज भएको कार्यालय प्रमुख भण्डारीले थप्नुभयो । 

भन्सार कार्यालयबाट झण्डै पाँच किलोमिटर दूरीमा रहेको सदरमुकाम जलेश्वरमा मात्र बैंक रहेकाले बाटोमा पर्ने सुनसान फाँट पार गर्दै दैनिक करोडौँ राजश्व बैंक दाखिला गर्नु भन्सारकर्मीका लागि जोखिमपूर्ण थियो । तर अब सहज भएको छ । 

प्रभु बैंकका कार्यकारी अधिकृत अशोक शेरचनले केही दिनमै यस काउण्टरबाट पनि ऋण लगानी, घर, गाडी र व्यवसायका लागि कर्जा प्रवाह, बचत सेवा, विप्रेषणलगायत सुविधा पनि प्रदान गरिने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले