२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वलडाकुले गृहमन्त्रीकै अगाडी विष सेवनको प्रयास गरेपछि…

२०७५, २१ मंसिर शुक्रबार ०८:१८

मंसिर २१, काठमाडौं । एक पूर्वलडाकुले गृहमन्त्री रामबहादुर थापाकै अगाडि विष सेवनको प्रयास गरेपछि गृहमन्त्रालय प्रवेशमा सर्वसाधारणलाई कडाइ गरिएको छ ।

यसअघि मंसिर ५ मा मन्त्रीको कार्यकक्षभित्रै पूर्वलडाकु कालिकोटका कुलप्रसाद भट्टराईले विष सेवनको प्रयास गरेपछि मन्त्रालय प्रवेशमा कडाइ गरिएको हो । 

मन्त्री बादलकै अगाडि उनले विष सेवन गर्न नपाए पनि कार्यकक्षमा छिर्नुअघि नै उनले विष सेवन गरिसकेको खुलेको थियो । हाल नेपाल प्रहरी अस्पतालमा उपचारपछि उनको डिस्चार्ज भइसकेको छ ।

घटनापछि त्यहाँ रहेका सुरक्षा निकायका अधिकारीहरुलाई सर्वसाधारणलाई मन्त्रालय प्रवेशमा कडाइ गर्न निर्देशन दिइएको स्रोतको भनाइ छ ।

अहिले सिंहदरबार छिर्नुअघि पास देखाएर गृहको गेटमा पुगेका व्यक्तिलाई त्यहाँ पुनः परिचय पत्र देखाउन लगाइन्छ । त्यसपछि भेट्नु पर्ने व्यक्तिसँग फोन गरेपछि मात्रै भित्र जाने अनुमति दिइन्छ । भित्र विद्युतीय सुरक्षा बारबाट कटिसकेपछि व्यक्तिगत विवरणको रेकर्ड राखिन्छ ।

अन्तिममा फेरि बर्दीधारी सुरक्षाकर्मीले सर्वसाधारणको खनतलासी पनि लिने गरेका छन् । जसका कारण मन्त्रालय जाने सर्वसाधारणले सास्ती भोग्नु परेको छ । त्यति मात्र होइन, समाचार संकलनका लागि मन्त्रालय जाने सञ्चारकर्मीहरुलाई पनि मन्त्रालय प्रवेश सहज छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो