२०८२, १८ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पामा एक लाख एघार हजारले स्वास्थ्य बीमा गराए

२०७५, २१ मंसिर शुक्रबार ०८:४०

सुशीला रेग्मी | मङ्सिर २१, बेझाड | पाल्पा जिल्लामा अहिले स्वास्थ्य बीमा गर्नेको उत्साह बढ्दो छ । सामाजिक सुरक्षा विकास समितिले २०७३ देखि शुरुआत गरेको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म जिल्लामा एक लाख एघार हजार २५० जना नागरिक आबद्ध छन् । 

जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीका अनुसार ५१ हजार ८७० पुरुष र ५९ हजार ३८० महिलाले स्वास्थ्य बीमा गराएका छन् । गएको असार मसान्तसम्म दुई हजार ५०० नागरिकले स्वास्थ्य बीमा गराएका थिए भने साउनबाट यही मङ्सिर १ गते सम्म २८ हजार ८५० जना नयाँ थपिएका छन् । 

जिल्लामा पाँच हजार ५४२ घरपरिवारले स्वास्थ्य बीमामा नाम दर्ता गराएका छन् । “जिल्लामा नयाँ नाम दर्ता गराउनेको आकर्षण ह्वात्तै बढेको छ, भने नवीकरण गर्ने कार्यमा भने आकर्षण कम रहेको छ”, ज्ञवालीले भन्नुभयो । 

आर्थिकरूपमा विपन्न र गरीब समुदायका बिरामी तथा रोगीको गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने उद्देश्यले सञ्चालित स्वास्थ्य बीमा कार्यक्रमबाट यहाँका नागरिकले औषधि उपचारमा ठूलो राहत पुगेको महसुस गरेका छन् । 

रामपुर अस्पतालमा पनि अहिले स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि उपचार गर्न आउने बिरामीको भीड छ । यहाँ दैनिक २५० हाराहारीमा बिरामी औषधि उपचारका लागि आउने गरेको अस्पतालका मेसु डाक्टर बिनेश झा बताउनुहुन्छ । 

तनहुँ घिरिङ बस्ने हुमबहादुर कुमाललाई मुटु रोगले सतायो । कुमाललाई मुटु रोगको उपचार गर्न आर्थिक अवस्था नाजुक हुँदा परिवारमा निकै चिन्ता छायो । रामपुर अस्पतालमा स्वास्थ्य परीक्षण गराउन पुग्नुभएका कुमाललाई अस्पतालका डाक्टरले भरतपुर बाहिर पठाएपछि उहाँ निकै चिन्तित हुनुभयो । 

“भरतपुर अस्पतालमा उपचार गर्नसक्ने परिवारको आर्थिक क्षमता थिएन, बीमा गरेको हुँदा अस्तालले निःशुल्क उपचार गरिदियो” उहाँले भन्नुभयो । उपचारमा शुरुमा अस्पतालले एक लाख ५० हजार रकम लाग्ने भन्दा उहाँ आत्तिनुभयो । तर बीमा गरेका कारण पूरै औषधि उपचार निःशुल्क भएपछि कुमालले औषधि उपचारमा समस्या झेल्नुपरेन । अहिले कुमाल मज्जाले हिँड्डुल गर्नुहुन्छ । उहाँको मुटुरोगको समस्या पनि ठिक हँुदै गएको छ । 

स्वाथ्य बीमा गरेपछि औषधि उपचारमा निकै सहुलियत पुगेको रामपुर नगरपालिका–५ का लीलादेवी खनाल बताउनुहुन्छ । “हामीजस्ता गरीब नागरिकलाई बीमा गरेपछि औषधि उपचार कसरी गर्ने होला भन्ने समस्या हट्दै गएको छ” खनालले भन्नुभयो । 

स्वास्थ्य बीमा कार्यक्रम गरीब दःुखी, विपन्न नागरिकको लागि वरदान सावित नै भएको बीमाकर्ता बालकृष्ण खनाल बताउनुहुन्छ । सरकारले स्वास्थ्य बीमा कार्यक्रम जस्तै गरीब, विपन्न नागरिकलाई लाभ मिल्ने खालका अन्य कार्यक्रम ल्याउन उहाँ अनुरोध गर्नुहुन्छ । 

स्वास्थ्य बीमा गरेका व्यक्तिले जिल्ला अस्पताल पाल्पा, रामपुर अस्पतालसँगै प्राथमिक स्वास्थ्यहरू केन्द्र ताहँु र खस्यौली, युनाइटेड मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेजबाट स्वास्थ्य सेवा लिइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

पाँच जनासम्मको परिवारका सदस्यले वार्षिक दुई हजार ५०० तिर्नुपर्ने र पाँच भन्दा बढी परिवारका सदस्य भएको हकमाप्रति सदस्य ४२५ का दरले शुल्क बुझाइ बीमा गरेपछि एक वर्षका लागि बीमा गरेका परिवारका सदस्यले वार्षिकरूपमा ५० हजार रुपैयाँसम्म उपचार खर्च निःशुल्क हुने नीति रहेको छ । 

स्वास्थ्य बीमा गरेपछि बहिरङ्ग, प्रसूति, एक्सरे, प्रयोगशाला, घाउ चिरफार, टाँका सिलाइ, अल्ट्रासाउण्ड, इण्डोस्कोपी, फिजियोथेरापी, मधुमेह, आँखा सेवालगायत ३२ किसिमको सेवा प्रवाह गरिने बताइएको छ । स्वास्थ्य बीमाका लागि बीमाकर्ताले घर घरमा पुगेर सेवा प्रदान थालेपछि नागरिकलाई स्वास्थ्य बीमा गराउन सहज भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण