२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

घुमाउनेको पुल निर्माणमा ढिलाइ

२१ मंसिर २०७५, शुक्रबार ०८:५०

मङ्सिर २१, दमौली | पोखरालाई तराईसँग जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंह राजमार्गको घुमाउनेमा पक्की पुल निर्माणमा ढिलाइ भएको छ । 

दमौली घुमाउनेसम्म केही समयअघि पुल निर्माण गर्न तनहँुतर्फको भागमा पिलरको जग खन्न शुरु गरिए पनि अहिले भने काम रोकिएको छ । पुल निर्माणको काम अगाडि बढाउन तनहँुतर्फको भागमा कुनै समस्या नभए पनि चितवनतर्फको भागमा समस्या देखिएकाले पुल निर्माणमा ढिलाइ भएको हो । 

मुग्लिङ–नारायणगढ सडक आयोजनाले घुमाउनेमा पुल निर्माण गर्दा सडक भासिन सक्ने भन्दै अवरोध गरेपछि पुल निर्माण काम अवरुद्ध भएको डिभिजन सडक कार्यालय तनहँुका प्रमुख विष्णु काफ्लेले बताउनुभयो । उहाँले भन्नुभयो, “आयोजनाले पुल निर्माण क्रममा सडक भासिने भन्दै चितवनतर्फको भागमा जग खन्न रोक लगाएको छ ।” एक सय पाँच मिटर लम्बाइको उक्त ‘आर्क ब्रिज’ सडक विभागको पुल महाशाखाले रु आठ करोड २६ लाखको लागतमा निर्माण गर्न लागेको हो । पुल निर्माण गर्न हेटौँडास्थित मृत सञ्जीवनी निर्माण कम्पनीलाई ठेक्का दिइएको छ । 

मुग्लिङ नारायणगढ सडक आयोजनाले अवरोध नगरेको भए यतिबेलासम्म पुलको काम धेरै नै अगाडि बढिसक्ने काफ्लेले जानकारी दिनुभयो । पुलका कारण मुग्लिङ नारायणगढ सडकलाई कुनै क्षति पुग्दैन भन्ने विश्वास दिलाएपछि काम शुरु हुने उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, “पुल निर्माणले सडकलाई कुनै क्षति पुग्दैन भन्ने प्रत्याभूति दिलाउन ठेकेदारलाई पत्राचार गरिएको छ । यदि सडकमा कुनै क्षति भएमा क्षतिपूर्ति दिएर पनि काम अगाडि बढाउनुपर्छ ।” उक्त पुलको निर्माणपछि नारायणगढ जान पोखरा, बाग्लुङ, पर्वत, बेनी, स्याङजा र दमौलीका बासिन्दाले डुम्रे, आबुँखैरेनी र मुग्लिन सडक प्रयोग गर्नुपर्दैन । पुल फुटपाथसहित ११ मिटर चौडाइको हुनेछ । दोहोरो लेनको पुलमा ७.५ मिटर गाडी हिँड्ने भाग रहनेछ । 

अहिले पनि तनहुँको दमौलीबाट घुमाउनेघाटसम्म नियमितरूपमा साना बस चलेका छन् । तर पुल नहुँदा ती सवारी नारायणगढ–मुग्लिन सडकखण्डसम्म पुग्न सक्दैनन् । दमौलीदेखि घुमाउनेसम्म ३२ किमी दुरी छ । सामान्य ग्राभेल अवस्थामा रहेको यस मार्गको स्तरोन्नतिको काम भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान