२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

घुमाउनेको पुल निर्माणमा ढिलाइ

२०७५, २१ मंसिर शुक्रबार ०८:५०

मङ्सिर २१, दमौली | पोखरालाई तराईसँग जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंह राजमार्गको घुमाउनेमा पक्की पुल निर्माणमा ढिलाइ भएको छ । 

दमौली घुमाउनेसम्म केही समयअघि पुल निर्माण गर्न तनहँुतर्फको भागमा पिलरको जग खन्न शुरु गरिए पनि अहिले भने काम रोकिएको छ । पुल निर्माणको काम अगाडि बढाउन तनहँुतर्फको भागमा कुनै समस्या नभए पनि चितवनतर्फको भागमा समस्या देखिएकाले पुल निर्माणमा ढिलाइ भएको हो । 

मुग्लिङ–नारायणगढ सडक आयोजनाले घुमाउनेमा पुल निर्माण गर्दा सडक भासिन सक्ने भन्दै अवरोध गरेपछि पुल निर्माण काम अवरुद्ध भएको डिभिजन सडक कार्यालय तनहँुका प्रमुख विष्णु काफ्लेले बताउनुभयो । उहाँले भन्नुभयो, “आयोजनाले पुल निर्माण क्रममा सडक भासिने भन्दै चितवनतर्फको भागमा जग खन्न रोक लगाएको छ ।” एक सय पाँच मिटर लम्बाइको उक्त ‘आर्क ब्रिज’ सडक विभागको पुल महाशाखाले रु आठ करोड २६ लाखको लागतमा निर्माण गर्न लागेको हो । पुल निर्माण गर्न हेटौँडास्थित मृत सञ्जीवनी निर्माण कम्पनीलाई ठेक्का दिइएको छ । 

मुग्लिङ नारायणगढ सडक आयोजनाले अवरोध नगरेको भए यतिबेलासम्म पुलको काम धेरै नै अगाडि बढिसक्ने काफ्लेले जानकारी दिनुभयो । पुलका कारण मुग्लिङ नारायणगढ सडकलाई कुनै क्षति पुग्दैन भन्ने विश्वास दिलाएपछि काम शुरु हुने उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, “पुल निर्माणले सडकलाई कुनै क्षति पुग्दैन भन्ने प्रत्याभूति दिलाउन ठेकेदारलाई पत्राचार गरिएको छ । यदि सडकमा कुनै क्षति भएमा क्षतिपूर्ति दिएर पनि काम अगाडि बढाउनुपर्छ ।” उक्त पुलको निर्माणपछि नारायणगढ जान पोखरा, बाग्लुङ, पर्वत, बेनी, स्याङजा र दमौलीका बासिन्दाले डुम्रे, आबुँखैरेनी र मुग्लिन सडक प्रयोग गर्नुपर्दैन । पुल फुटपाथसहित ११ मिटर चौडाइको हुनेछ । दोहोरो लेनको पुलमा ७.५ मिटर गाडी हिँड्ने भाग रहनेछ । 

अहिले पनि तनहुँको दमौलीबाट घुमाउनेघाटसम्म नियमितरूपमा साना बस चलेका छन् । तर पुल नहुँदा ती सवारी नारायणगढ–मुग्लिन सडकखण्डसम्म पुग्न सक्दैनन् । दमौलीदेखि घुमाउनेसम्म ३२ किमी दुरी छ । सामान्य ग्राभेल अवस्थामा रहेको यस मार्गको स्तरोन्नतिको काम भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा