2026-07-07 06:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विकास योजनाले राष्ट्रियता बलियो पार्नुपर्छ: प्रम ओली

2018-12-07

मङ्सिर २१, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको सार्वभौम सत्ता, लोकतान्त्रिक प्रणाली, सामाजिक न्याय, राष्ट्रिय एकता एवं शान्ति र सुरक्षामा कोही कसैसँग सम्झौता नहुने बताउनुभएको छ । 

उहाँले भन्नुभयो, “देश विकासका योजना पनि ती उल्लेखित विषयलाई सम्बोधन गर्ने र बलियो पार्ने किसिमका हुनुपर्छ ।” राष्ट्रिय योजना आयोगले आज यहाँ आयोजना गरेको नेपालको दीर्घकालीन सोच र १५ औँ योजनाको तयारी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा छिटो विकास गरिने बताउनुभयो । 

विकासका लागि अरु देशका अनुभव, सीप र प्रविधि सजिलै उपलब्ध हुने हुनाले तिनलाई सदुपयोग गरेर अघि बढ्न सकिने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी विश्वमा सबैभन्दा छिटो विकास गर्ने देश हुन सक्छौँ । हामीलाई विकासका कुनै नयाँ कुरा आविष्कार गरिरहनुपर्दैन । अरुले गरेका आविष्कार प्रयोग गरे पुग्छ ।” 

उहाँले १५ औँ पञ्चवर्षीय योजना २०७६÷०७७ देखि २०८०÷०८१ देश विकासका लागि नयाँ आयाम ‘टर्निङ प्वाइन्ट’ हुने चर्चा गर्दै अघिल्ला योजनाका समीक्षाको निष्कर्षबाट यस योजनालाई आधुनिक, प्रविधिमैत्री र तीव्र गतिमा अघि बढ्न सक्ने व्यावहारिक योजना बनाउनुपर्नेमा जोड दिनुभयो । 

उहाँले स्वदेशमा रहेका फलामखानीको उत्खनन, विद्युतीय ऊर्जाको उत्पादन र प्रयोग बढाउनु पर्ने र पेट्रोल, डिजेलजस्ता इन्धनको आयात घटाउन १५ औँ योजना केन्द्रित गर्न योजना आयोगलाई सुझाव दिनुभयो । 

प्रधानमन्त्री ओलीले भन्नुभयो, “विद्युत्, सौर्य र अन्य वैकल्पिक ऊर्जाको प्रयोगबाट पेट्रोल र डिजेलको खपत घटाउने हो भने देशको अर्थतन्त्रमा ठूलो भरथेग हुन्छ । जेट्रोपाबाट पनि इन्धनको आपूर्ति गर्न सकिन्छ । त्यसैले खेतका कान्लामा यो प्रजातिको बोट रोप्ने अभियान सञ्चालन गर्नु पर्दछ ।” (रासस) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने