2026-09-14 10:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

तिलाचौरमा बृहत जनचेतना मुलक सरसफाई कार्यक्रम

मङ्सिर २२, महेन्द्रनगर | भीमदत्त नगरपालिका जनप्रतिधि र सुरक्षाकर्मी सहित विभिन्न क्षेत्रका अगुवाले तिलाचौरमा सरसफाई गरेका छन् । समुदाय प्रहरी साझेदारी अन्र्तगत भीमदत्त नगरपालिका स्तरीय पालिका समितिको अगुवाईमा तिलाचौरमा सरसफाई गरिएको छ । 

पालिका समितिले हरेक शनिबार नगरका विभिन्न क्षेत्रमा बृहत जनचेतना मुलक सरसफाई कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सरसफाई कार्यक्रममा भीमदत्त नगरपालिका नगर उप प्रमुख सुशिला चन्द सिह, भीनपा वडा नं. ८ का अध्यक्ष ध्वज बहादुर विष्ट, ४ का लक्ष्मीदत्त बोहरा, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायत लगायतका विभिन्न क्षेत्रका अगुवा सहभागी भएका छन् ।

तिलाचौरमा त्रिभुवन माध्यमिक विद्यालय र आशपासका क्षेत्रमा सरसफाई गरिएको छ । सरसफाई कार्यक्रममा स्थानीय र विद्यार्थी सहभागी भएका छन् ।

भीमदत्त नगरपालिकाका नगर उप प्रमुख सुशिला चन्दले स्थानीयलाई सरसफाई सम्बन्धी जनचेतना फैलाउन साप्ताहिक रुपमा बृहत जनचेतना मुलक सरसफाई कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइन् ।

‘सरसफाई सबैका लागि चाहिने कुरा हो, फोहरले नगरलाई राम्रो गर्दैन, नगर वासिन्दामा सरसफाई सम्बन्धी जनचेतना फैलाउन साप्ताहिक रुपमा नगरका विभिन्न वडामा सरसफाई कार्यक्रम सञ्चालन गर्र्दै आएका छौ’ उप नगर प्रमुख चन्दले भनिन् ।

भीनपा वडा नं. ८ का अध्यक्ष ध्वज बहादुर विष्टले जनप्रतिधि, सुरक्षाकर्मी सहित सबैले संयुक्त रुपमा सञ्चालन गरेको जनचेतना मुलक सरसफाई कार्यक्रमले स्थानीय वासिन्दामा सराकात्मक सन्देश प्रवाह भएको बताए ।

‘यसले जनचेतना फैलिएको छ, आजको कार्यक्रमबाट सरसफाई सम्बन्धी चेतना जागेको छ’ वडा अध्यक्ष विष्टले भने,‘अब यो कार्यक्रमलाई वडा समितिले निरन्तरता दिन्छ ।’

तिलाचौरमा पछिल्लो पटक आवाशीय क्षेत्र बढ्दै गएपछि स्थानीयमा फोहरको समस्या आउने चिन्ता देखिएको छ । वडा अध्यक्ष विष्टले १० वर्षपछि फोहरको समस्या आउने चिन्ता देखिएको बताए ।

‘अहिले जनघनत्व बढी रहेको छ, आवाश क्षेत्र बढ्दो छ, त्यसले फोहरको पनि समस्या बढ्छ’ वडा अध्यक्ष विष्टले भने,‘पछिका लागि पनि फोहर व्यवस्थापन गर्ने हिसाबले स्थानीयलाई फोहर व्यवस्थापनमा जनतेना जगाउन आवश्यक छ ।’

भीमदत्त नगरपालिकाले एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र बनाउन वडा नं. ८ तिलौचार, वडा नं. ९ र वडा नं. १०लाई छनौट गरी प्रक्रिया अघि बढाएको छ । 

जिल्ला प्रहरी कार्यालका प्रहरी उपरीक्ष कुबेर कडायतले भीमदत्त नगरपालिकासित साझेदारी गरी सुरु गरिएको बृहत जनचेतना मुलक सरसफाई कार्यक्रम निरन्तर रुपमा सञ्चालन गरिने बताए ।

‘सरसफाई सम्बन्धी स्थानीयलाई उत्प्रेरित गर्न निरन्तर रुपमा सरसफाई कार्यक्रम गर्छौ, यो सिम्बोलिक हो, त्यसपछि स्थानीय स्तरमा सबै क्षेत्रको सहभागितामा सरसफाई कार्यक्रम हुन्छ’ प्रहरी उपरीक्षक कडायतले भने । 

भीनपा वडा नं. ८ का वडा सदस्य उत्तराम जाग्री, भाना सुनार, स्टेप क्लबका अध्यक्ष भोजराज भट्ट, क्लका सदस्य तुलसी भट्ट, हेल्प नेपालका प्रेम सिह ठगुन्ना,  कलाकार जीवन सिह लगायतले बृहत जनचेनना मुलक सरसफाई कार्यक्रम सराहनीय भएको बताए ।

हेल्प नेपाल र स्टेप क्लब सरसफाई अभियानमा सुरुदेखि सक्रिय सहभागी छन् । 

भीमदत्त नगरपालिका वन, वातावारण, विपद् व्यवस्थापन तथा सरसफाई उप शाखाका प्रमुख पुष्पराज भट्टले नगरका सबै क्षेत्रमा साप्ताहिक रुपमा सरसफाई कार्यक्रम सञ्चालन गरिएको र आगामी शनिबार भीनपा १६ वसन्तपुरमा कार्यक्रम गरिने जानकारी दिए । भीमदत्त नगरपालिका वडा नं. ४ बजारबाट सरसफाई अभियान सुरु गरिएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले