2026-09-08 02:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको ऐतिहासिक नन्दन तालले पुनःजीवन पाउँदै

मङ्सिर २३, परासी (रासस) | अतिक्रमणमा परेर अस्तित्व नै सङ्कटमा परेको ऐतिहासिक नन्दन तालले पुनःजीवन पाउने भएको छ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–६ मा पर्ने सो ताल लामो समयदेखि स्थानीयवासीले अतिक्रमण गरी खेती गर्दै आएका थिए । 

अहिले ताल पुरै खेतीयोग्य जमीनमा परिणत भएकाले त्यहाँ पानीसमेत छैन । रामग्राम नगरपालिकाको समेत केही भाग ओगट्ने सो ताल करीब १०० बिघा क्षेत्रफलमा फैलिएको छ । अहिले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले सो तालको पुनःजीवन र संरक्षणमा चासो देखाएको छ । ताल संरक्षण गर्दै पर्यापर्यटनको विकास गरी स्थानीयवासीको आयआर्जनमा समेत टेवा पुर्याउने गरी काम शुरु गर्न लागिएको समितिका अनुसन्धान तथा सूचना प्रविधि विभागका प्रमुख राजन रेग्मी बताउनुहुन्छ । 

अहिले तालले आगटेको क्षेत्र पहिचान गरी वरपर बाँध निर्माण गरेर तालमा पानी सञ्चय गर्ने योजना बनाइएको र त्यसका लागि समितिले रु ४० लाख बजेट विनियोजन गरेको उहाँको भनाइ छ । पानीमात्रै रोक्न सके पनि तालले पुनःजीवन पाउने र त्यहाँ माछापालन र डुङ्गा शयरको व्यवस्था गर्ने योजना बनाइएको छ भन्दै प्रमुख रेग्मी जोड दिनुहुन्छ, “यसबाट स्थानीयवासीको आयआर्जनमा टेवा पुग्नाका साथै भूमिगत जलस्रोतको सतह बढेर तराईमा देखिएको पानी अभावसमेत हट्छ ।” 

इञ्जिनीयर किशोर खतिवडासहित आफूले स्थलगत अनुगमन गरेको र अब लागत अनुमान र नमूना तयार गरी टेण्डर आह्वान गरेर काम शुरु गरिने उहाँ बताउनुहुन्छ । तालको संरक्षणका लागि गाउँपालिकाले पनि प्रयास थालेको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता उल्लेख गर्नुहुन्छ । 

ताललाई पुनः व्यूँताउन वृहत गुरुयोजना बनाएर संरक्षण आवश्यक देखिएकाले गाउँपालिकाले सोहीअनुसारको तयारी गरिएको अध्यक्ष गुप्ताको भनाइ छ । उहाँ भन्नुहुन्छ, “ताललाई व्यूँताएर त्यहाँको आसपासमा घरबास सञ्चालन गर्ने, पार्क निर्माण तथा डुङ्गा शयर गर्दै पर्यापर्यटनको विकास हुने गरी योजना बनाइरहेका छौँ ।” 

लामो समयदेखि केही स्थानीय व्यक्तिले तत्कालीन जिविसबाट तालको नाममा बजेट लिए पनि संरक्षणको कुनै काम नगर्दा तालको अस्तित्व नै मेटिएको पाल्हीनन्दन–६ का वडाध्यक्ष कृष्णचन्द्र यादव बताउनुहुन्छ । केही व्यक्तिले ताल अतिक्रमण गरी जग्गाधनी पुर्जा बनाउने प्रयास गरे पनि सो बारे मुद्दा परेपछि सर्वोच्च अदालतले तालको जग्गालाई पुर्जा दिन नमिल्ने गरी फैसला गरिदिएका कारण जग्गा जोगिएको उहाँको भनाइ छ । 

ताललाई पुनःजीवन दिन सके यहाँको पर्यटन विकासमा ठूलो टेवा मिल्ने भएकाले सबै मिलेर लागे ताललाई पुनःजीवन दिन समय नलाग्ने जिल्ला समन्वय समितिका प्रमुख शिवशङ्कर रायको विश्वास छ । पौराणिक किंवन्दीअनुसार भगवान कृष्णले आफ्नो नारायणी सेना लगाएर सो ताल खनेका थिए । बुद्धकालमा पनि भगवान गौतमबुद्धका अग्रश्रावकसमेत रहेका उहाँका भाइ भिक्षु आनन्दको नामसँग समेत तालको इतिहास जोडिने गरिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता