२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हुलाकी सडकको काममा अवरोध

२५ मंसिर २०७५, मंगलवार ०५:२६

मङ्सिर २५, लहान | लामो समयसम्म मुद्दाको फैसला नहँुदा हुलाकी राजमार्गअन्तर्गत सप्तरी कल्याणपुर–बरसाइन–स्वर्णपट्टी सडकखण्ड निर्माणको काम प्रभावित भएको छ । 

उक्त सडकखण्डअन्तर्गत स्वर्णपट्टीस्थित देउरी–९ (ख) को सर्वेगरी नक्साङ्कन भएकालाई छाडेर ९ (क) मा निर्माण गर्न थालिएको भन्दै जग्गाधनी जिवछ भनिने धर्मेन्द्र साहले २०७४ माघमा उच्च अदालत जनकपुर इजलास राजविराजमा दायर गरेको रिटमा अन्तिम फैसला नहुँदा सडक निर्माणमा अवरोध सिर्जना भएको हो । 

रिट दायर भएपछि अदालतले तत्काल त्यस स्थानमा सडक निर्माण काम नगर्न अन्तरिम आदेश दिएका कारण अहिले त्यहाँ काम रोकिएको उक्त सडकखण्डका कन्ट्रयाक्टर व्यवस्थापक बिनोद गौतमले जानकारी दिनुभयो । 

अदालतमा विचाराधीन मुद्दा चाँडै फैसला भएमा आउँदो चैतभित्र काम सकेर हस्तान्तरण गरिने गरी काम भइरहेको पनि उहाँले बताउनुभयो । विसं २०७६ असार २० गतेसम्म सडक निर्माणकार्य सम्पन्न गर्ने सम्झौता भए पनि २०७५ फागुनभित्रै काम सकिने गरी तीव्ररूपमा सडक निर्माणको काम भइरहेको छ । अदालतमा परेको रिटमा फैसला नआउँदा निर्माणकार्यमा समस्या भइरहेको उहाँको भनाइ छ । 

गत मङ्सिरदेखि निर्माण शुरु भएको सो सडकको काम ५५ प्रतिशत सकिएको छ, व्यवस्थापक गौतमले भन्नुभयो, “सडकमा निर्माण गर्नुपर्ने ३३ वटै कल्भर्ट निर्माण भइसकेको छ, अहिले एक हजार ४०० मिटर दाँयाबाँया फुटपातसँगै नाला निर्माणको कामसमेत अन्तिम चरणमा पुगेको छ ।” ती काम सकेर माघ १५ गतेदेखि सडकको कालोपत्रेको काम शुरु गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । 

डिवा निर्माण प्रालि काठमाडौँले १७ दशमलव २८ किलोमिटर लामो (बजार क्षेत्रमा ११ र बजार बाहिर सात मिटर चौडाइ) कालोपत्रे गर्ने उक्त सडकखण्ड रु ५८ करोड तीन लाख ९७ हजारमा निर्माण ठेक्का लिएका हुन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य