९ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल–चीन परामर्श संयन्त्र बैठक सम्पन्न

२७ मंसिर २०७५, बिहीबार १२:०६

मङ्सिर २७, काठमाडौँ | नेपाल–चीन द्विपक्षीय परामर्श संयन्त्रको १२औँ बैठक चीनको राजधानी बेइजिङमा आज सम्पन्न भएको छ । 

सचिवस्तरीय संयन्त्रको उक्त बैठकमा नेपालको प्रतिनिधित्व परराष्ट्र सचिव शङ्करदास बैरागी र उहाँका चिनियाँ समकक्षी कोङ हुनयूले गर्नुभएको थियो । 

बैठकमा दुई देशबीच पारस्परिक सम्बन्धका समग्र पाटोमा विचार विमर्श भएको र ती सबै छलफल फलदायी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुई पक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउन दुवै मुलुकले निकट सम्पर्कमा रहेर विचार आदानप्रदान गर्दै सम्पर्क सञ्जाल विस्तार, भौतिक पूर्वाधार निर्माण, व्यापार लगानी र ऊर्जाजस्ता पारस्परिक लाभका क्षेत्रमा सहकार्य गर्नेमा विशेष जोड दिइएको छ । 

विगतमा भएका सहमति समझदारीलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न नेपाल र चीनले सहमति जनाउनुका साथै आपसीहितका निम्ति उच्चस्तरीय भ्रमण आदानप्रदानको महत्वमा उहाँहरुबीच विमर्श भएको थियो । 

नेपाल–चीन सहायताका सन्दर्भमा नेपाली पक्षले आफ्ना प्राथमिकताबारे चीनलाई अवगत गराएको र त्यसैक्रममा दुवै देशले साझा चासोका क्षेत्रीय र अन्तर्राष्ट्रिय मामिलामा छलफल गरेका थिए । 

बैठकमा चीनले नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको थियो । त्यसअघि चीनका स्टेट काउन्सिलर वाङ यीसँग सचिव वैरागीले शिष्टाचार भेट गरी द्विपक्षीयहित र चासोका विविध विषयमा परामर्श गर्नुभएको थियो । 

नेपाली प्रतिनिधिमण्डलका अन्य सदस्यमा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकाल, बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख सुशील लम्साल तथा अन्य सरकारी अधिकारीको सहभागिता थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन हुने÷नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’ पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख सुनचाँदीको मूल्य बढ्यो जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार राष्ट्रपतिसँग बिदाइ भेट पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ जेन्जी आन्दोलनका शहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ : रवि लामिछाने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण