२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

पशुमा लाग्ने खोरेत रोग महामारी फैलियो

२९ मंसिर २०७५, शनिबार ०५:१७

मङ्सिर २९, डोटी | जाडो मौसम शुरु भएसँगै जिल्लामा पशुमा लाग्ने खोरेत रोगको महामारी फैलिन शुरु भएको छ । 

जिल्लाको दीपायल सिलगढी नगरपालिकाका केही वडासहित ग्रामीण क्षेत्रमा एक दुई हप्ता यतादेखि खोरेत रोगको महामारी फैलिन शुरु भएको स्थानीयवासी कैलाश विकले बताउनुभयो । उहाँले भन्नुभयो, “गाई, गोरुमा एकाएक खोरेत रोग देखियो, जति औषधि गरे पनि निको हुँदैन हामी त चिन्तित छौँ ।” 

यो रोग जाडो मौसममा भने महामारीका रुपमा नै फैलिने गरेको पशुसेवा डिभिजन कार्यालयका पशु चिकित्सक महानन्द साउँदले बताउनुभयो । उहाँले भन्नुभयो, “यो सरुवा रोग हो, रोग लाग्नुभन्दा पहिले नै सजग भए राम्रो, यस्को खासै उपचार हुँदैन ।” खास गरेर खुर भएका पशुको मुख र खुट्टामा खोरेतको सङ्क्रमण देखिने गरेको छ भने सङ्क्रमण फैलिँदै जाँदा खुरको छाला कुहिने र किरा पर्ने समस्या हुन्छ । शुरुको अवस्थामा पशुको मुखबाट ¥याल आउने तथा मुखभित्रको जिब्रोमा घाउसमेत हुने गरेको पशु चिकित्सक महानन्द साउँदले बताउनुभयो । यो रोग गाई, भैँसी, भेडा, बाख्रा र बङ्गुरमा लाग्ने गरेको छ । यो रोग लागेपछि शुरुमा पशुलाई जरो आउने, मुखबाट र्याल आउने, खुट्टामा घाउ भएर हिँड्न नसक्ने, खान छोड्ने गर्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य